६ आश्विन २०८१ आइतबार
image/svg+xml

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

खोलामा आएको बाढीले एक दर्जन बढी घरमा क्षति

वर्षा सुरु भएसंगै जिल्लामा विपद्का घटनाहरु बाहिर आउन थालेका छन्। जथाभावी डोजरको प्रयोग गरेर खनेका सडकहरुका कारण बाढी पहिरोको जोखिम बढेको बताइएको छ। धेरै स्थानीय तहहरुले विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारी समेत गरेका छैनन्।

बाढीबाट उद्धारको सुरक्षाकर्मीद्वारा संयुक्त अभ्यास (तस्बिरसहित)

नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीले सदरमुकाम गौरस्थित बरहवा तालमा बाढीबाट उद्धारको विहीवार संयुक्त अभ्यास गरेका हुन्।

मनाङमा बाढीः चामेका ३६ घर जोखिममा, बस्ती डुबानमा

निरन्तरको वर्षाका कारण चामे गाउँपालिका–३ नयाँ बजारको बस्तीमा बाढी पसेको छ। निरन्तर ५२ घण्टा पानी परेपछि नयाँ बजारको बीचको घट्टेखोलामा बाढी आउँदा ३६ घर जोखिममा परेको छ। खोलामा आएको बाढी नयाँ बजारको बस्तीमा पसेको छ।

सेती बाढीः नौ वर्ष अघिको त्यो कहालीलाग्दो क्षति

गत माघ अन्तिम साता भारतको उत्तराखण्डको हिमाली क्षेत्रमा भीषण हिमपहिरो आयो। त्यही हिमपहिरोले बाढी निम्त्याउँदा ठूलो मानवीय र भौतिक क्षति भोग्नुपर्‍यो। भारतको त्यो हिमपहिरो र बाढी नेपालमा नौ वर्ष अघि सेती नदीमा आएको बेमौसमी बाढीको प्रकृतिसँग मिल्दो थियो।

भारतको उत्तराखण्डमा बाढी, १५० मजदुर सम्पर्कबिहीन

भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुट्दा बाढी आएको छ। चमोलीको जोशीमठमा हिमताल फुट्दा धौलीगंगा नदीमा बाढी आएको हो। बाढीमा कारण कम्तिमा १५० जना मानिस हराइरहेका छन्।

दुई महिना बित्यो, भेटिएनन् बेपत्ता

भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन। पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो।

बाढीपहिरोपीडितलाई घर बनाउन पाँच लाख दिइने

सरकारले बाढीपहिरोपीडितलाई एकीकृत आवास निर्माण योजनाअन्तर्गत पाँच लाख रुपैयाँ अनुदान दिने भएको छ।

ढोरपाटन बाढीपीडितलाई ४० लाख सहयोग

बाढी,पहिरोको आफन्त गुमाएका, घरबारविहीन भएका बागलुङको ढोरपाटनका पीडितलाई नेपाली कांग्रेसले करिब ४० लाख रुपैयाँ बराबरको राहात वितरण गरेको छ।

असोजमा पनि बाढीपहिरो, कम्तीमा १५ जनाको मृत्यु, ७ बेपत्ता

स्याङ्जामा पहिरोमा पुरिएर नौजना र पाल्पामा एक गर्भवतीको मृत्यु भएको छ । त्यस्तै बाढीले बगाएर कपिलवस्तुमा तीन र रौतहटमा एकजनाको ज्यान गएको छ । मोरङमा भने पर्खालले किचेर एकजनाको मृत्यु भएको छ ।

बाढी पूर्वानुमान: देशैभरका नदीमा बहाव बढ्ने, ११ गतेसम्म सतर्कता अपनाउन आग्रह

आज रातिबाट देशैभरका नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आज रातिदेखि ११ गतेसम्म देशैभरका नदीहरुमा बहाव उच्च हुने भएकोले नदी किनार क्षेत्रमा कुनै पनि क्रियाकलाप नगर्न महाशाखाले आग्रह गरेको छ।

सिन्धुपाल्चोकमा मात्रै दुई महिनामा पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता

निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ। यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन्।

घुम्थाङ पहिरोः पाँच जनाकाे शव फेला, २६ अझै बेपत्ता (अपडेट)

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङ पहिरोमा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। पहिरोमा अझै २६ बेपत्ता छन्। पहिरोमा बेपत्ता स्थानीय भिरखर्कका तीन र बिक टोलका दुईको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकमध्ये दुईको मात्र सनाखत भएको छ। २४ वर्षीय सुकुला बिक र आठ वर्षीय सन्देश बिकको सनाखत भएको हो। उनीहरु बिक टोलका हुन्। भिरखर्कका तीनको पहिचान खुल्न सकेको छैन।

ढोरपाटका बाढीपीडितलाई नेकपा बागलुङको करिब २० लाख सहयोग

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ढोरपाटनका बाढीपिडितका लागि सहयोग करिब २० लाख आर्थिक सहयोग गरेको छ। नेकपा बागलुका अध्यक्ष इन्द्रलाल सापकोटाले बिहीबार ढोरपाटन–८ र ९ का बाढीपिडितका लागि राहतस्वरुप १९ लाख ५८ हजार ७ सय ५६ रुपैयाँ ढोरपाटन नगरपालिकालाई हस्तान्तरण गरेका हुन्। नेकपा बागलुङले विभिन्न पालिकामा अभियान चलाएर जम्मा गरेको रकम एकमुस्ट ढोरपाटन पालिकालाई हस्तान्तरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्