१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ढोरपाटका बाढीपीडितलाई नेकपा बागलुङको करिब २० लाख सहयोग

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ढोरपाटनका बाढीपिडितका लागि सहयोग करिब २० लाख आर्थिक सहयोग गरेको छ। नेकपा बागलुका अध्यक्ष इन्द्रलाल सापकोटाले बिहीबार ढोरपाटन–८ र ९ का बाढीपिडितका लागि राहतस्वरुप १९ लाख ५८ हजार ७ सय ५६ रुपैयाँ ढोरपाटन नगरपालिकालाई हस्तान्तरण गरेका हुन्। नेकपा बागलुङले विभिन्न पालिकामा अभियान चलाएर जम्मा गरेको रकम एकमुस्ट ढोरपाटन पालिकालाई हस्तान्तरण गरेको छ।

बाढीबाट आफन्त गुमाएकाहरु लागि आवासको व्यवस्था र पीडितलाई आवश्यक राहतका लागि उक्त आर्थिक सहयोग गरिएको अध्यक्ष सापकोटाले बताए।  

जसमा नेकपा बागलुङ नगरकमिटीले एक लाख ५० हजार, काठेखोला नगरकमिटीले एक लाख ६१ हजार एक सय, जैमिनी नगरकमिटी ले ३० हजार, बरेङ गाउँकमिटीले २५ हजार, ताराखोला गाउँकमिटीले २५ हजार, गलकोट नगरकमिटीले तीन लाख ९२ हजार एक सय ७६ रुपैयाँ, बडिगाड गाउँकमिटीले चार हजार पाँच सय ७५, ढोरपाटन नगरकमिटीले चार लाख ४३ हजार ७ सय, तमानखोला गाउँकमिटीले २० हजार सहयोग गरेको सापकोटाले जानकारी दिए।

त्यसैगरी निसीखोला गाउँकमिटीले २० हजार, अखिल नेपाल महिला संघ बागलुङले ८२ हजार एक सय ८५, युवा विद्यार्थीले दुई लाख २३ हजार पाँच सय, प्रध्यापक कर्मचारी धौलागिरी क्याम्पसले २६ हजार पाँच सय, मुक्ति समाज बागलुङले पाँच हजार २०, उद्योग व्यापार संगठन बागलुङले ५० हजार, बागलुङका जिल्ला कार्यालयले दुई लाख ८ हजार गरी १९ लाख ५८ हजार ७ सय ५६ सहयोग रकम संकलन गरी हस्तान्तरण गरिएको नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरे अनिलले जानकारी दिए।

त्यस्तै निजामति कर्मचारी ट्रेड युनियनको तर्फबाट २ लाख ५४ हजार ८ सय ६० रुपैयाँ र श्री ओम विकास तथा देउकुमारी गौचनस्मृति प्रतिष्ठानले १० हजार सहयोग रकम ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई हस्तान्तरण गरेका छन्। यसअघि नेकपा गलकोट–२ को वडाकमिटीले एक लाख ३८ हजार र वडा नम्बर ७ को वडाकमिटीले ४६ हजार सहयोग गरिसकेको छ।

प्रकाशित: २६ भाद्र २०७७ ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App