२ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्डमा बाढी, १५० मजदुर सम्पर्कबिहीन

भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुट्दा बाढी आएको छ। चमोलीको जोशीमठमा हिमताल फुट्दा धौलीगंगा नदीमा बाढी आएको हो। बाढीमा कारण कम्तिमा १५० जना मानिस हराइरहेका छन्। उनीहरु ऋषिगंगा प्रोजेक्टका मजदुर भएको जनाइएको छ। बाढीले ऋषिगंगा प्रोजेक्टमा क्षति पुर्यामएको छ।   प्रभावित क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानतर्फ जान भनिएको छ।  

धौलीगंगामा लगाइएका केही तटबन्धन फुटेका छन्।

श्रीनगर, ऋषिकेश र हरिद्वारमा समेत अलर्ट गरिएको छ। उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थलतर्फ हिँडेका छन्।  

गृहमन्त्री अमित शाहले उद्दारका लागि टिम पठाएको बताउँदै वायु सेनालाई पनि अलर्ट अवस्थामा राखिएको ट्वीट गरेका छन्।

 

 

प्रकाशित: २५ माघ २०७७ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App