२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीबाट उद्धारको सुरक्षाकर्मीद्वारा संयुक्त अभ्यास (तस्बिरसहित)

नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीले सदरमुकाम गौरस्थित बरहवा तालमा बाढीबाट उद्धारको विहीवार संयुक्त अभ्यास । तस्बिर: मदन/नागरिक

बाढीबाट उद्धार गर्न रौतहटको सुरक्षाकर्मीले संयुक्त रुपमा अभ्यास गरेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीले सदरमुकाम गौरस्थित बरहवा तालमा बाढीबाट उद्धारको विहीवार संयुक्त अभ्यास गरेका हुन्।

बाढी, डुबान र कटानको दृष्टिले प्रदेश दुईको सबैभन्दा उच्च जोखिममा रहेको रौतहटमा बागमती, बकैयाजस्ता ठूला नदीसहित अन्य साना तथा मझौला नदीले बाढीको समयमा बस्तीलाई डुबानमा पार्ने गर्दछ। वर्षा र बाढीको सिजन आउन लागेकोले जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा विहीवार उद्धारको संयुक्त अभ्यास गरिएको हो।

 

एकिकृत रुपमा उपलब्ध रहेका रेकस्युको सामग्रीहरुलाई सुचारु अवस्थामा रहेको जाँच गर्ने, जनशक्तिलाई परिचालन गर्न तयारी रुपमा राख्ने, शासकीय साझेदारहरुको एकिकृत प्रयासबाट आउदो मनसुनी बर्षाबाट आउने बाढीबाट हुने जनधनको क्षतिलाई नहोस भनेर  बरहवा तालमा संयुक्त अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्।  

प्राकृतिक अवस्थाको कारण बाढी आउँछ त्यस समयमा सुरक्षाको तिनै निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासबाट जनधनको क्षति हुन नदिन जिल्ला विपद व्यवस्थापन समिति पूर्ण तत्पर्ताको साथ लागि परेको हुँदा सरकारी एवं गैर सरकारी निकायको समयोग भएमा जिल्लालाई पूर्ण सुरक्षित बनाउने प्रजिअ यादवले बताएका छन्।

सुरक्षा निकायको उद्धार अभ्यास हेर्दा बाढीमा उद्धार गर्न सुरक्षा निकाय पूर्ण रुपमा तयारी गरेको देखिन्छ। मौसम विभागले औसतभन्दा बढी पानी पर्ने चेतावनी दिइरहेको समयमा बाढीबाट उद्धारको पूर्व तयारी गर्न जिल्ला विपद व्यवस्थापन समितिले गरेको तयारीलाई राम्रो मान्न सकिने जिल्लाका बुद्धिजीवीहरुको भनाइ रहेको छ।

प्रकाशित: २७ जेष्ठ २०७८ ०७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App