मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्।
सप्तरीको महादेवा गाउँपालिका-१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताएका हुन्।
उनले आगलागीपीडित जनतालाई राहत तथा पुनर्स्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने बताउँदै समस्याबाट नआत्तिन पीडित परिवारलाई आग्रह गरे।
‘केही दिनभित्रै प्रदेश सरकाले अग्निपीडितका लागि राहत प्याकेज घोषणा गरी पीडित परिवारका घर निर्माणको काम सुरुवात गर्नेछ। प्रदेश सरकार तपाईँहरूको साथमै छ त्यसैले सँगसँगै मिलेर समस्याको सामना गरौँला’, उनले भने।
प्रकाशित: २० वैशाख २०८१ २१:२३ बिहीबार