२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

नेप्से ६० बिन्दुले बढ्यो

साताको सुरुमा सेयर बजारमा लगानीकर्ताको चासो बढेको देखिएको छ। सेयर खरिदमा लगानीकर्ताको चाप बढेपछि आइतबार सेयर बजारको सूचक नेप्से ६०.४१ बिन्दुले बढेको छ। योसँगै नेप्से २५८४.९१ बिन्दुमा पुगेको छ।

एकै दिन ८९ अंकले घट्यो नेप्से

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिपछि पुँजीबजार ओरालो लाग्ने क्रम सुरु भएको हो। सेयर लगानीकर्ताहरू भने यतिखेर सरकारी निकायको व्यवहारबाहेक पुँजीबजार ओरालो लाग्नुपर्ने कुनै कारण नरहेको बताउँछन्।

मौद्रिक नीतिको असरः सेयर बजारमा पहिरो

साताको पहिलो दिन आइतबार नेप्से अघिल्लो दिनको कारोबारको तुलनामा एक सय आठ अंकले घटेर दुई हजार आठ सय १८ बिन्दुमा झर्‍यो। जुन पछिल्लो नौ महिनाकै सर्वाधिक गिरावट हो।

सेयर बजार ओरालो लागेपछि लगानीकर्ताले मागे गभर्नरको राजीनामा

लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्।

बेलगाम सेयर बजार, नेप्से २९०० माथि

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायतका निकायले सेयर बजारलाई प्रभावित हुने गरी नीति अघि सारे पनि सेयर बजार परिसूचक नेप्से बेलगाम बढिरहेको छ। निरन्तर सेयर वृद्धि भइरहँदा साताको पहिलो कारोबार आइतबार नेप्से ५०.१३ अंकले बढेर २९०६.८९ बिन्दुमा पुगेको छ। जुन अहिलेसम्मकै उच्च बिन्दु हो। यसअघि नेप्सेले गत साताको अन्तिम कारोबार बिहीबार नयाँ रेकर्ड बनाएको थियो।

कोरोना महामारीमा किन बढिरहेको छ सेयर बजार ?

कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्पजस्तै भएको र अर्कोतर्फ राजनीतिक अन्योलता बढेको बेला नेप्सेले नयाँ रेकर्ड बनाउनुलाई धेरैले आश्चर्यको रूपमा लिएका छन्।

महामारीबीच सेयर बजारमा प्रगति

कोरोना महामारीले मानवीय जनजीवन तथा समग्र अर्थतन्त्र आक्रान्त भइरहेको बेला सेयर बजार भने दिनहुँ उकालो लाग्ने क्रम जारी छ। आइतबार ५४ अंकले बढेको सेयर बजार मापक परिसूचक नेप्से सोमबार पनि बढेको छ।

नेप्से ३७.७० ले बढ्यो

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३७.७० अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दुई हजार ४०८.२४ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ४.९५ अङ्कले बढेर ४३७.२८ मा पुगेको छ।

३० खर्ब ५४ अर्ब पुग्यो बजार पूँजीकरण

हरेक दिन नयाँ–नयाँ रेकर्ड राख्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ।

नेप्से उकालो लाग्दा बजार पूँजीकरण २९ खर्ब ५५ अर्ब पुग्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.९१ बिन्दुले उकालो लागेर दुई हजार १९४.४८ मा पुगेको छ। आजको वृद्धिपछि नेप्सेले दुई हजार २०० को बिन्दु पछ्याएको देखिन्छ।

बजार पूँजीकरण २९ खर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३६ विन्दुले ओरालो लागेको छ। आइतबार उछाल आएको बजारमा आज झिनो अङ्कले नेप्से ओरालो लागेको हो।

संसद् विघटनले सेयर बजारमा पहिरो

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटन गरेपछि सेयर बजारमा पहिरो गएको छ। बजार खुल्नुअघि नै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको खबर सार्वजनिक भएको थियो। त्यसपछि सेयर बजारमा गिरावट आउन थालेको थियो। ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि चुनावको तिथि तोकेपछि सेयर परिसूचक नेप्सेमा झनै गिरावट आयो।

बजार पूँजीकरण २७ खर्ब नजीक

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार उकालो लाग्दा बजार पूँजीकरण झण्डै रु २७ खर्ब बराबरको भएको छ। शेयर बजारमा बजार पूँजीकरणको ठूलो महत्व रहन्छ।

१२३ बिन्दुले घट्यो सेयर बजार

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै भएको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा ‘नेगेटिभ सर्किट’ लागेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्