२० आश्विन २०८१ आइतबार
image/svg+xml

झापामा थप एक जनामा कोरोना संक्रमण

झापामा थप एक जना कोरोना संक्रमित भेटिएका छन्। बाह्रदशी गाउँपालिका ५० बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

‘अल्लाह, भाइरस र भोकमरीबाट बचाऊ !’

वैशाख पहिलो सातायता ‘कोरोना केन्द्र’ बन्न पुगेको उदयपुर भुल्केका ५२ वर्षीय मतेबुल रहमान मियालाई यस वर्षको रमजानले कुनै उल्लास दिन सकेन । मस्जिदमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण छिमेकीसहित २८ जनामा फैलिएपछि त्रस्त हुन पुगेका गाउँलेका लागि जतिसुकै ठूलो चाड होस महत्व पनि के र ?

प्रदेश नं २ :आठै जिल्लामा विज्ञ परिचालित

प्रदेश २ का आठ जिल्लामा रहेका शंकास्पद ठानिएकाका स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न विज्ञहरू परिचालन गरिएको छ।

सेनाद्वारा सर्लाहीमा कोरोना भाइरस संक्रमण सम्बन्धी ‘डेमो’

नेपाली सेनाले आइतबार सर्लाहीको पाँचकुमारीमा कोरोना भाइरसको संक्रमण बढेपछि गरिने विभिन्न क्रियाकलाप सम्बन्धी ‘डेमो’ देखाएको छ । नेपाली सेनाको मध्य पूर्वी पृतनाको विशेष फौज अमरदल गुल्मका सुरक्षाकर्मीले प्रदर्शनी गरेका हुन् ।

कोठा भाडा तिर्न नसकेपछि घरबाट निस्किइन् दुर्गा

जीवनमा कयौं दुःख बेदना हुन्छन्। कतिपय सहजै पार गर्न सकिन्छ। कतिले भने केही बहानामा कहाँ नेर ठक्कर दिन्छ पत्तै हुँदैन। बराहताल सिरफटा घर भएकी वीरेन्द्रनगरमा ज्याला मजदुरी गर्ने दुर्गा सुनारलाई पनि यस्तै भएको छ।

रसुवाका स्थानीय तहले आफ्ना नागरिक ल्याउन थाले, ८७ जनालाई क्वारेन्टाइनमा राखियो

रसुवाको स्थानीय तहहरूले लकडाउनको कारण काठमाडौं तथा अन्य जोखिममा रहेका जिल्ला र भारतसँग सीमा जोडिएका जिल्लामा बसिरहेका आफ्ना नागरिक ल्याउने क्रम सुरु गरेका छन् ।

थप ४ जनालाई निको भयो कोरोना

नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। आइतबार थप २ जनामा संक्रमण पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ५१ पुगेको हो।

कोरोना भाइरसको जोखिमबाट बच्न डोल्पामा यार्सागुम्बा संकलनमा रोक

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न पूर्व सतर्कताका लागि हिमाली जिल्ला डोल्पामा यो वर्ष बहुमुल्य जडिबुटी यार्सागुम्बाको संकलनमा रोक लगाइएको छ । शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको कार्यालय सुलिगाड डोल्पामा शनिबार बसेको सरोकारवलाहरुको बैठकले विषम परिस्थतीका कारण यो वर्षको यार्सागुम्बा संकलनमा रोक लगाएको हो ।

बेलायती प्रधानमन्त्री सोमबारदेखि नियमित काममा फर्कने

कोरोना भाइरसबाट सङ्क्रमित भई उपचार गराइरहेका  बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन सोमबारदेखि नियमित काम फर्कने भएका छन् ।

पेरुमा कोरोना भाइरसको संक्रमणबाट १७ प्रहरीको मृत्यु

कोरोना भाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको अधिकारीहरु र स्थानीय मिडियाले जनाएका छन्।

रोल्पा फर्किएका बाल मजदुर भन्छन्ः ‘फेरि ईट्टाभट्टा जान नपरोस्’

रोल्पा नगरपालिका ९ होमाका १५ वर्षिय मानदेब बुढा दुई वर्ष अगाडीबाट काठमाण्डौको ईट्टाभट्टा जान थालेका हुन्। उमेर सानै भएपपनि उनले त्यहाँ ईट्टा बनाउने काम गर्थे। दिनमा एक हजार देखि पन्ध्र सय सम्म ईट्टा बनाउने उनले मासिक दश पन्ध्र हजारसम्म कमाउने गरेका थिए।

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोबिड–१९) बाट शनिबार (२५ अप्रिल २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ।

वीरगन्जमा थप २ जनामा देखियो कोरोना

पीसीआर परीक्षणका क्रममा वीरगन्जमा थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ। वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पोजिटिभ देखिएको जिल्ला प्रसाशन कार्यालय पर्साका प्रवक्ता समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिएका छन्।

‘दैनिक कोरोनासँग डिल गरेर आउँछु’

म दैनिक कोरोनासँग 'डिल' गरेर बेलुका घरमा आउनुपर्छ। कोरोना संक्रमित नभएको ठाउँ कहिँ छैन। मैले यहाँ जे आँखाले देखेकी छु त्योभन्दा अरु बढी कुरा गर्न सक्दिन। किनकि म कुनै विज्ञ त होइन। काममा खटिँदा मास्क लगाइरहनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्