२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

प्रदेश नं २ :आठै जिल्लामा विज्ञ परिचालित

धनुषा - प्रदेश २ का आठ जिल्लामा रहेका शंकास्पद ठानिएकाका स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न विज्ञहरू परिचालन गरिएको छ। नेपाली सेना, मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान), र इडिसिटीबाट आएका प्राविधिक टोलीले स्वाब संकलन सुरु गरेका हुन्। 

प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले काठमाडौंबाट आएका ६ र जनकपुरका २ गरी आठ टोली शङ्कास्पद ठानिएका एक हजार पाँच सयको स्वाब सङ्कलनमा खटिएको बताए। 
प्रदेशमा हालसम्म पाँच जना सङ्क्रमित छन्।
शनिबारदेखि सिराहाको लहान, गोलबजार, मिर्चैया, कल्याणपुर र सिरहा नगरपालिकाको क्वारेन्टाइनमा रहेकाको स्वाब संकलन सुरु गरिएको छ। 

 

प्रकाशित: १४ वैशाख २०७७ १४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App