२० आश्विन २०८१ आइतबार
image/svg+xml

परिवार दलले १०० क्विन्टल चामल सहयोग गर्ने

परिवार दलले कोभिड १९ को महामारीमा राहतस्वरूप १०० क्विन्टल चामल सहयोग गर्ने भएको छ। दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।

एउटै ट्याबलेट नखाई कोरोनामाथि जित

पौडेलले अस्पतालमा भर्ना भएपछि दमसँगै उच्च रक्तचापको औषधि सेवन गर्न थालेकी थिइन्। सापकोटा भने एक ट्याबलेट औषधि पनि नखाई निको भएर घर फर्किन सकिन्।

आरडिटी रद्ध, पिसिआरबाट मात्र परीक्षण

सरकारले शनिबार मात्र दु्रत लक्षण परीक्षण (आरडिटी) विधिको परीक्षण भरपर्दो नभएको भन्दै थ्रोट स्वाब परीक्षण ‘पोलिमेरीज चेन रियाक्सन’ (पिसिआर) विधिबाट मात्र कोरोना स्वास्थ्य परीक्षण गर्न निर्देशन दिदै गर्दा उदयपुरमा भने सातादिनअघि नै आरडिटी विधि ‘क्यान्सिल’ भईसकेको थियो ।

भारतबाट फर्केका स्थानीयबाट यसरी फैलियो उदयपुरमा काेराेना

पछिल्लो सातादिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमणले मुलुककै ‘इपिसेनटर’ बन्न पुगेको उदयपुरमा भारतीय धर्म प्रचारकबाट कोरोना फैलिएको सुरुवाती अनुमान मिथ्या सावित भएको छ । शनिबार आएको पछिल्लो १ सय १० जनाको स्वाब परीक्षण (पिसिआर) रिपोर्टमा सबै नेगेटिभ देखिएपछि भारतीयबाट संक्रमण फैलिएको अनुमान गलत प्रमाणित भएको हो ।

मुख्यमन्त्री राईद्वारा भुल्केको निरीक्षण

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘कोरोना केन्द्र’ बनेको उदयपुर भुल्केको अवलोकन भ्रमण गरेका छन् । हेलिकोप्टरमार्फत कोरोना प्रभावित गृह जिल्ला भोजपुरको अनुगमन गरी उदयपुर आएका मुख्यमन्त्री राईले एकै ठाउँ २८ जना संक्रमित भेटिएपछि सातादिनयता ‘सिल’ गरिएको भुल्के मस्जिद र बस्तीको अवलोकन गरे ।

कोरोना पोजेटिभ देखिएका किशोरका परिवारसहित १ सय १६ को स्वाब काठमाडौं लगियो

काठमाडौंबाट आएको स्वास्थ्यकर्मीहरुको टोलीले सर्लाहीबाट १ सय १६ जना सर्वसाधारणको घाँटीको स्वाब संकलन गरेर लगेको छ ।

कोरोना जितेकी पानादेवि भन्छिन्, ‘हिम्मत गर्नुस्, म बूढीले त जितेँ'

मलाई दमको रोग छ, त्यसैले कहिलेकाहीँ चिन्ता हुन्थ्यो। त्यसबाहेक मलाई म ठीक हुन्छु भन्ने विश्वास थियो। मैले हिम्मत कहिल्यै हारिन, जहिले पनि ठीक हुन्छु भन्ने सोचेर बस्थेँ। अन्तिममा सबै डाक्टर, नर्सहरूको रेखदेखले म ठीक भएँ। सबैलाई सताइरहेको यो रोगलाई जित्न सकेकोमा निकै खुशी छु।

उपचारमा रहेका चार जनाको लगातार दोस्रो रिपोर्ट नेगेटिभ

कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ भई नारायाण अस्पताल विरगंजमा उपचार गराइरहेका चार जनाको परीक्षण रिपोर्ट लगातार दोस्रो पटक नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भैरहेको छ ।

रमजानमा लकडाउनको असर, घरमै बसेर नमाज आदा

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । रमजानमा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज पढ्ने गर्दछन् ।

शिवाई र मोथियाही सुरक्षित, उदयपुरको जनजीवन सामान्य बन्दै

पछिल्लो पटक पठाइएको सबै स्वाबको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि कोरोना भाइरस (कोभिड–१९) को ‘हटस्पट’ बनेको भुल्के नजिकैको मोथियाही र भारतीय धर्म प्रचारकको प्रवेश विन्दु शिवाई सुरक्षित पाइएको छ । त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा भेटिएका १२ भारतीयसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सीमा जोडिएको त्रियगा २ मोथियाही र सुरुमा भारतीय प्रवेश गर्दा बसेको चौदण्डीगढी नगरपालिका ५ शिवाईबासीको रिपोर्ट नेगेटिभ आएको हो ।

भारतमा क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याइदै

भारतको नौतनवा क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई स्वदेशतर्फ ल्याउन सुरुवात गरिएको छ । लकडाउनको समयमा नेपाल फर्किने क्रममा सीमाबाट भारतीय क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरुलाई शुक्रबार साँझबाट नेपाल फिर्ता गर्न थालिएको हो ।

पुराना बिरामीलाई कोरोना घातक

अमेरिकाका न्युयोर्कमागरिएको एक अध्ययनले निरोगी मानिसका तुलनामा पहिले नै अन्य रोगबाट ग्रसित व्यक्तिमा कोरोनाको प्रभाव घातक रहेको देखाएकोछ।

नमुना संकलन गर्न सेनासहितको टोली

उदयपुरमा जमाती समूहमा कोरोना संक्रमण फैलिएको र यस्ता समूह प्रदेश २ का आठ जिल्लामा पनि रहेका हुनाले ती जिल्लामा नमुना संकलनमा जोड दिइएको छ।

निर्माणाधीन सान्जेन जलविद्युत आयोजनाको पेनस्टक खन्ने काम सम्पन्न

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको सान्जेन जलविद्युत आयोजनाले पेनस्टक खन्ने काम सम्पन्न गरेको छ । लकडाउनको समयमा पनि निरन्तर कामअघि बढाइरहेको आयोजनाले शुक्रबार पेनस्टक खन्ने काम सम्पन्न गरेको हो । ४ सय ४५ मिटर हेड भएको करिब १ हजार मिटर लामो इनक्लाइन्ड पेनस्टकसहितको पेनस्टक खन्ने काम सकिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्