काठमाडौं – अमेरिकाका न्युयोर्कमागरिएको एक अध्ययनले निरोगी मानिसका तुलनामा पहिले नै अन्य रोगबाट ग्रसित व्यक्तिमा कोरोनाको प्रभाव घातक रहेको देखाएकोछ। अमेरिकाको जर्नल अफ दी अमेरिकन मेडिकल एसोसिएसनका अनुसार बिरामीमा पहिलानै रहेकाअन्य रोगका कारण कोरोना भाइरसको प्रभाव घातक देखिएको हो।
अमेरिकी पत्रिका टाइमका अनुसार अध्ययनका क्रममा मार्च र अप्रिलकोसुरुमा अस्पतालमा भर्ना भएका ५ हजार ७ सय बिरामीको स्वास्थ्य रेकर्ड हेरिएको थियो। अध्ययनमा समेटिएका बिरामीको सरदर उमेर ६३ वर्ष थियो भने ९४ प्रतिशत बिरामीमा कोरोनाभाइरसको संक्रमण हुनुपहिले देखि नै अन्य कुनै एक रोग थियो। अध्ययनमा समेटिएका बिरामीमध्ये ५३ प्रतिशतमा उच्च रक्तचाप, ४२ प्रतिशतमा मोटोपना र ३२ प्रतिशतलाई मधुमेह रहेको पाइएको छ। यस्तै १० प्रतिशत मुटुको धमनीसम्बन्धी रोग, ८ प्रतिशत दम र ५ प्रतिशत क्यान्सर रोगबाट पीडित थिए।
अनुसन्धानकर्ताले निको भएर अथवा मृत्युका कारण अस्पतालबाट बाहिरिएका २ हजार ६ सय ३४ संक्रमितको पनि अध्ययन गरेका थिए। सो अध्ययनले १४ प्रतिशतको सघन उपचार कक्षमा उपचार भएको, १२ प्रतिशतलाई भेन्टिलेटरमा राखेर उपचार भएको, ३ प्रतिशतको मिर्गौला प्रतिस्थापन थेरापी गरिएको र २१ प्रतिशतको मृत्यु भएको देर्खाका
छ।
भेन्टिलेटरमा राखिएका मध्ये ८८ प्रतिशत बिरामीको मृत्यु भएको थियो। भेन्टिलेटर राखेर पनि मृत्यु भएकामध्ये मधुमेहका बिरामी बढी थिए।
‘अन्य रोगका गम्भीर बिरामीका लागि भाइरसको जोखिम अत्यधिक रहेकोछ’, अध्ययनमा सहभागी फेनस्ट्याइन इन्स्टिच्युट अफ मेडिकल रिसर्चकी उपाध्यक्ष करिना डेभिडसनले बताइन्। उनले अन्य रोगका बिरामीले सावधानी अपनाउनुपर्ने र भाइरस संक्रमणको सम्भावना भए समयमै उपचार गरिहाल्नुपर्ने सुझाव दिइन्।
प्रकाशित: १३ वैशाख २०७७ ०७:१४ शनिबार