११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

परिवार दलले १०० क्विन्टल चामल सहयोग गर्ने

 काठमाडौं-  परिवार दलले कोभिड १९ को महामारीमा राहतस्वरूप १०० क्विन्टल चामल सहयोग गर्ने भएको छ।  दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।

महामारीको कारण सृजित लामो लाकडाउनले पीडित बनेका अति बिपन्न नेपाली समुदाय भोकै बस्न नपरोस भनेर खाद्यान्न सहयोग गर्ने निर्णय गरेको दलका अध्यक्ष ढकालले जानकारी दिए। उक्त राहत स्थानीय तह तथा सुरक्षाकर्मीहरु संगको समन्वयनमा सरकारले निर्धारण गरेको मापदण्ड अनुसार वितरणको व्यवस्था मिलाउन परिवार दलले जिल्ला समन्न्वयन समितिलाई निर्देश गरेको छ। बैठकले महामारीको कारण सामाजिक अस्थिरता , बेरोजगार र हिंसा बढ्न सक्ने खतरा प्रति सरकारलाई सचेत बनाउदै तुरुन्त कोभिड १९ पीडितहरुको लागि राहत प्याकेज घोषणा गर्न माग गरेको छ।

 राजनैतिक दलले आफ्नो औचित्यको पुष्टी  चुनौती र संकटको घडीमानै गर्नु पर्ने हुन्छ भन्दै बैठकले महामारीमा नेपाल परिवार दलका सबै तह र तप्काका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई कोरोना भाइरस बिरुद्धको लडाईमा आग्रपन्तिमा उत्रिन अनुरोध गरेको छ। सरकारलाई अध्यादेश फिर्ता गर्ने निर्णय गरेकोमा धन्यवाद दिदै कोभिड १९ को रोकथाममा सरकारले गरेको प्रयासको बैठाले प्रशंसा गरेको छ।

बैठकले एक्काइसौं शताब्दीको आधुनिक राज्य उदारवादी, लोकतान्त्रिक र कल्याणकारी चरित्रको हुनु पर्छ भन्दै  राज्यले स्वास्थ्य र शिक्षाको पूर्ण जिम्मेवारी लिनुपर्ने धारणा सार्बजनिक गरेको छ । बैठकले संकीर्ण राष्ट्रवाद, पृथकतावाद वा स्वार्थीपन बाट माथि उठी  नयाँ  भूमण्डलीकरण, सहकार्य, मानवीयता र परोपकारिताका साथ  साझा लक्ष्य फेला पार्न तयारीमा लाग्नुपर्ने बेला आइसकेको जिकिर गरेको छ।  परिवार दलले  केही समय अघि संयुक्त राज्य अमेरिका र बिद्रोही तालिवानबीच भएको स-सर्त शान्ति सम्झौता तथा सयुक्त राष्ट्र संघका महासचिब महामहिम एन्टोनियो गुटेरेसले  कोभिड १९ को बिरुद्धमा प्रभाबकारी तरिकाले लड्नको लागी मार्च २३ मा विश्वभर युद्ध लडिरहेका सबैसँग युद्धविरामको लागि गर्नु भएको प्रस्तावलाइ स्वागत गरेको छ।

 

प्रकाशित: १४ वैशाख २०७७ ०४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App