२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

थप ४ जनालाई निको भयो कोरोना

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। आइतबार थप २ जनामा संक्रमण पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ५१ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका नमुना मध्ये २ जनाको पोजेटिभ देखिएको छ। संक्रमित दुबै जना पर्साको वीरगञ्ज ५० वर्षिय पुरुषहरु हुन्। अहिले उनीहरुको उपचार भइरहेको छ।

आइतबार ४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। नारायणी अस्पताल वीरगञ्जमा उपचाररत रौतहटका १८ वर्षिय पुरुष एक जना १२ औं दिन र तीन जना भारतीय नागरिक ३ जना पुरुष १५ दिनमा डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। उनीहरु छपकैयाको मक्की जामे मस्जिदमा बस्दै आएका थिए।

यो सँगै निको भएर घर फर्किनेहरुको संख्या १६ पुगेको छ। सरकारले प्रदेश नम्बर २ मा परीक्षणको दायरा थप बढाएको छ। प्रदेशका ८ वटै जिल्लामा नमुना परीक्षणका लागि १ हजार २७ वटा नमुना संकलन भएका छन्। संकलित नमुनाहरुको परीक्षण जारी रहेको प्रवक्ता देवकोटाले बताए। सबैभन्दा बढी संक्रमित देखिएको उदयपुरबाट पछिल्लो पटक ३ सय ३७ जनाको नमुना परीक्षणका लागि संकलन भइरहेको छ। 

आइतबारसम्म आइतबारसम्मको ५१ हजार ३  सय ६७ वटा नमुना परीक्षण भएका छन्। जसमा पिसिआर विधिबाट ९ हजार ९ सय ३१ र आरडिटी विधिबाट ४१ जहार ४ सय ३६ वटा नमुना परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा दुबै विधिबाट २ हजार ९६ वटा परीक्षण भएका छन्। प्रदेश नम्बर १ मा ४ हजार ३ सय ८, प्रदेश नम्बर २ मा ५ हजार १ सय ४१ र बागमती प्रदेशमा ७ हजार ५ सय ९१ जनाको नमुना परीक्षण गरिएको छ। यसैगरी गण्डकी प्रदेशमा ४ हजार ९ सय २४ प्रदेश नम्बर ५ मा ३ हजार ३ सय २६, कर्णाली प्रदेशमा ४ हजार ९ सय ७४ र सुदूरपश्चिम प्रदेशमा ११ हजार १ सय ७२ जनाको आरडिटी विधिबाट नमुना परीक्षण गरिएको छ। १७ हजार २५ जना अहिले क्वारेन्टाइनमा रहेका छन्। काठमाडौं उपत्यकामा ६ र बाहिर १ सय ४ गरी १ सय १० जना अहिले आइसोलेसनमा रहेका छन्।

प्रकाशित: १४ वैशाख २०७७ ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App