१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सेनाद्वारा सर्लाहीमा कोरोना भाइरस संक्रमण सम्बन्धी ‘डेमो’

कार्यक्रममा कोरोना भाइरसका कारण मृत्यु भएको शवस्थललाई घेराबन्दी गरेर डिस्ईन्फेक्स स्प्रे एवं शवलाई सुरक्षित प्याकिङ गर्दै पीपीई लगाएको सेनाको टोली र छेउमा रुदै गरेका मृतकका आफन्त महिलाहरु । तस्बिर : टंक/नागरिक

सर्लाही-  नेपाली सेनाले आइतबार सर्लाहीको पाँचकुमारीमा कोरोना भाइरसको संक्रमण बढेपछि गरिने विभिन्न क्रियाकलाप सम्बन्धी ‘डेमो’ देखाएको छ । नेपाली सेनाको मध्य पूर्वी पृतनाको विशेष फौज अमरदल गुल्मका सुरक्षाकर्मीले प्रदर्शनी गरेका हुन् ।

लालबन्दी नगरपालिका–२, पाँचकुमारीस्थित नेपाली सेनाको रणशेर गण छेउमा रहेको खेलमैदानमा गरिएको प्रस्तुती जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, विभिन्न पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु, नागरिक समाजका प्रतिनिधि, संचारकर्मी लगायतले हेरेका थिए ।

कार्यक्रममा अमरदल गुल्मका सह सेनानी विद्युतकुमार बस्नेत नेतृत्वको टोलीले कोरोना भाइरस संक्रमण बढेपछि सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को प्रयोग गर्ने तरिका, पीपीईका प्रकारहरु, कोरोना भाइरस संक्रमित फेला परेपछि अस्पतालसम्म लैजाने तरिका, कोरोना भाइरसबाट मृत्यु भए उक्त शवलाई अस्पतालबाट अन्तिम संस्कार स्थलसम्म लैजानका लागि अपनाउनु पर्ने विधि लगायत बारेमा प्रस्तुती देखाएको थियो । प्रदर्शनीले जिल्लास्थित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सरोकारवालाहरुमा निकै सचेतना बढेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।

 

प्रकाशित: १४ वैशाख २०७७ १४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App