२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

वीरगन्जमा थप २ जनामा देखियो कोरोना

वीरगन्ज - पीसीआर परीक्षणका क्रममा वीरगन्जमा थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ। वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पोजिटिभ देखिएको जिल्ला प्रसाशन कार्यालय पर्साका प्रवक्ता समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिएका छन्।

यसभन्दा अगाडि कोरोना संक्रमणको पुष्टि भएका छपकैया स्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको बताइएको छ। ती मध्ये वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय पुरुष वीरगन्जमहानगरको सरसफाई शाखामा कार्यरत कर्मचारी हुन भने अर्का ५५ वर्षीय पुरुष वीरगन्ज–२ घुसुकपुरका बासिन्दा हुन जसलाई सिद्धार्थ उमावि स्थित क्वारेन्टाइनमा राखिएको थियो।

दुबैलाई प्रहरीले नारायाणी अस्पताल वीरगन्जमा ल्याएको छ। सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार पर्साबाट एक ८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो। सो मध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ। जसमा दुई जनाका कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको हो। स्वायब परीक्षण गर्न पठाइएकोमा कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगन्ज महानगरपालिकाको वडा नम्बर १,२ र ३ का एक सय ४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ जना छन्।

यो सँगै कोरोना संक्रमितको संख्या ५१ पुगेको छ।

 

प्रकाशित: १४ वैशाख २०७७ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App