८ आश्विन २०८१ मंगलबार
image/svg+xml

मासु प्रशोधनको सीप सिक्दै व्यवसायी र किसान

बजारमा अव्यवस्थित रुपले मासु बध गर्ने प्रवृत्ति बढिरहेका बेला व्यवसायी तथा किसानलाई प्रशोधित मासु उत्पादनबारे प्रशिक्षण दिइएको छ।

किसानलाई कोल्डस्टोरमा १३ करोड अनुदान

कृषिजन्य उत्पादनको व्यवस्थित भण्डारण गरेर बजारमा बिक्रीको प्रबन्ध गर्न सरकारले निजी क्षेत्रको सहभागितामा ठूला कोल्डस्टोर निर्माण गर्ने भएको छ।

छुर्पीको मूल्यमा कमी आएपछि किसान मारमा

इलाममा विगत केही महिनायता छुर्पीको मूल्यमा आएको कमीका कारण किसान मारमा परेका छन्। जापान, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छुर्पीबाट मनग्य आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्यमा कमी आएपछि मारमा परेका हुन्। प्रतिमहिना ३ टन छुर्पी बाहिर निर्यात हुने गरेको भए पनि हाल त्यसमा कमी अएको व्यवसायीको भनाइ छ।

निःशुल्क दूध ढुवानीपछि गाईपालनमा किसान आकर्षित

कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ । सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघरमा दूध खरिदका लागि सहकारी पुगेपछि डुम्रे क्षेत्रका कृषक उत्साहित हुँदै विभिन्न पेसा, व्यवसाय, रोजगार छाडेर गाईपालनमा लागेका हुन् ।

किसानलाई उखुको ४० करोड तिर्न बाँकी

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले किसानलाई चार आर्थिक वर्षदेखिको करिब ४० करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । उद्योगले किसानबाट किनेको उखुको मूल्य समयमा नतिर्दा उद्योगमाथि आर्थिक दायित्व बढ्दै गएको हो।

मौरी घारले सजियो किसानको घर

तीनतले पक्की घर, घरको बरन्डाभरी मौरीको घार नै घार । सडकबाट झलक्क हेर्दा सजावटका लागि राखेजस्तो देखिने धादिङबेसीको यो घर नारायण घिमिरेको हो । घरको बरण्डामा लहरै मिलाएर काठको बक्साभरी मौरीका घार राखिएका छन् ।

उखु किसानद्वारा चक्काजाम

गरुडास्थित श्री राम सुगर मिल्सले उखु नकिनेको भन्दै यहाँका किसानले बिहीबार दिउँसो चक्काजाम गरेका छन् । किसानले महेन्द्र राजमार्गस्थित जिल्ला सदरमुकाम गौर जोड्ने वीरेन्द्र राजमार्गको उद्योग गेटमा प्रदर्शनसमेत गरे ।

कृत्रिम गर्भाधान अभियानले किसानको आर्थिकस्तर सुध्रदै

जिल्ला पशुसेवा कार्यालयले थालेको कृत्रिम गर्भाधान अभियानले दुध उत्पादन बढ्न गई किसानको आर्थिक जीवनस्तर सुध्रन थालेको छ।  आर्थिक वर्ष २०७३–७४ मा १५ हजार २६६ पशुमा कृत्रिम गर्भाधान गराइएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७२–७३ मा ११ हजार ४५६ पशुमा कृत्रिम गर्भाधान गराइएको थियो।

क्यान्सर बिरामीमा किसान बढी !

क्यान्सर उपचारका लागि अस्पताल आउनेमा कृषि पेसामा आबद्ध बताउने अधिक छन् । राष्ट्रिय क्यान्सर रजिष्ट्रीको १० वर्षे रिपोर्टमा यो विवरण उल्लेख छ । यो विवरणकै आधारमा क्यान्सर र कृषिबीचको सम्बन्धमा थप अनुसन्धान हुनुपर्ने देखिएको छ ।

किसानका कठिनाइ

नेपाली किसानले मेहनत गरी कृषि उपज बढाएर निर्यात गर्न थाले भने छिमेकी भारतले कुनै न कुनै रुपमा अवरोध गर्ने गरेको छ । अहिले भारतको यस्तै अवरोधका कारण अदुवा खेती गरिरहेका पूर्वी नेपालका किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ।

भारतले पानी नछाड्दा किसान समस्यामा

भारतीय पक्षले गण्डक नहरमा पानी नछाड्दा हिउँदे बाली लगाएका किसान समस्यामा परेका छन् । गण्डक नहरको पानीको भरमा हिउँदे बाली लगाएका बारा र पर्सा जिल्लाका हजारौं किसान सिँचाइ गर्न पानी नपाएपछि समस्यामा परेका हुन् ।

रोकिएन चिया किसानको पलायन

बढ्दो लागत खर्च धान्न नसक्दाको आर्थिक बोझ, उत्पादनको मूल्य पाउन गर्नुपरेको संघर्ष र रोगाएको चिया जोगाउन नसक्दाको हैरानीले झापाका धेरै साना चिया किसानलाई खेतीबाट पलायन हुन बाध्य पारिरहेको छ ।

उन्नतीले किसानको आयस्तरमा सुधार

गरिवी न्यूनीकरण गर्नको लागि पूर्वी पहाडका सात जिल्लामा सञ्चालन गरिएको उन्नती कार्यक्रमले स्थानीय किसानको आयस्तरमा सुधार ल्याउन टेवा पुगेको छ ।

अदुवाले मूल्य नपाउँदा किसान चिन्तित

किसानले उत्पादन गरेको अदुवाले बजार मूल्य नपाउँदा घरमै थन्किएको छ । बिचौलियाले सोचेजस्तो मूल्य नदिएपछि अदुवा घरमै थन्किएको हो । अदुवाले भनेजस्तो मूल्य नपाएपछि धेरैजसो किसानले बारीबाट संकलन पनि गरेका छैनन् ।

म्याग्दीका ६७ किसान सम्मानित

कृषि विकास कार्यालय म्याग्दीले जिल्लाका किसानलाई सम्मान गरेको छ। छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको अवसरमा आयोजित बृहत्त कृषि प्रर्दशनी मेलामा खाद्य, तरकारी, फलफुल, दलन–तेलन, माछा–हाँस, अन्न र विविध गरी ७ वटा समूहलाई सम्मान गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्