‘उत्पादनमा अनुदान दुग्ध उत्पादक किसानका लागि उत्तम,’
दूध उत्पादन गर्ने किसानलाई उनीहरुले उत्पादन गरेको दूधमा नै अनुदान दिनु लाभदायक देखिएको बुधबार भरतपुरमा सम्पन्न एक कार्यक्रमका वक्ताहरुको भनाइ थियो ।
दूध उत्पादन गर्ने किसानलाई उनीहरुले उत्पादन गरेको दूधमा नै अनुदान दिनु लाभदायक देखिएको बुधबार भरतपुरमा सम्पन्न एक कार्यक्रमका वक्ताहरुको भनाइ थियो ।
‘हजुर उखु खेती त नगदे बाली हैन र ? केही दिनअघि पश्चिम धनकौल स्थित ईलाका प्रहरी कार्यालय परिसरमा शितलहर पीडितलाई न्यानो कपडा वितरण गर्न आएका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल समक्ष जिल्ला स्थित खैर्वा बोहर्वाका किसान रामेश्वरप्रसाद यादवले गरेको प्रश्न हो यो। लगतै उनले प्रजिअसँग गुनासो थपे, ‘३ वर्षदेखि उखुको भुक्तानी पाइएको छैन, नगदे बाली भनेर खेती गरेको त, उधारो हुँदै ऋणमा पो डुबायो।’
कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखुखेती फस्टाउँदै गएको छ। जिल्लाको दक्षिणी क्षेत्रका किसान उखुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । दोब्बर आम्दानी लिन सकिने भएपछि किसान उखुखेतीतर्फ आकर्षित हुन थालेका हुन्।
किसानका लागि उखुको गुलियो जोगाउने काम गरेका छन् ‘मिठा’ (भेली) बनाउने उद्योगले । स्थानीय बोलीमा खडसारी वा कोल्हु भनिने यस्ता उद्योगले पर्सामा उखु खेतीको चलन जोगाइराख्न मद्दत मिलेको छ । ‘चिनी कारखानाको मनोमानीले आजित किसान उखु खेती छाड्दै गएका छन्,’ बलुवाका किसान चिरिञ्जिवी यादवले भने, ‘थोरैले मात्रै अब उखुखेती गरिरहेका छन्, गाउँतिरका ‘खडसारी’ले उखु किनिदिने गरेपछि किसान र त्यस्ता उद्योग दुवै बाँचेका छन् ।’
दुग्ध विकास संस्थानले दूध खरिद नगरेको भन्दै लम्कीका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन् । लम्की चौराहामा ५० लिटर दूध पोखेर किसानले सांकेतिक विरोध जनाएका हुन् । लम्कीस्थित संस्थानको चिस्यान केन्द्रले पुस १६ गतेदेखि दूध खरिद गर्न रोकेको छ । कात्तिकदेखि नै चिस्यान केन्द्रले दूध खरिदमा आनाकानी गर्दै आएको किसान इन्द्र देवकोटाले बताए । उनले संस्थानले दूध खरिद नगरेपछि आफूहरु निकै मर्कामा परेको गुनासो गरे ।
रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स अझै पनि सञ्चालनमा आउन सकेको छैन । उद्योग सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन् । उखुको मूल्य निर्धारण नभएको र विगत दुई वर्षको करिब २२ करोड रुपैयाँ उद्योगीले किसानलाई भुक्तानी गर्न बाँकी रहेको अवस्थामा उद्योग सञ्चालनमा नआउँदा उखुको तौल कम हुने त्रासले किसानलाई सताउन थालेको छ । अधिकांश किसानको खुँटी उखु खेतमै बिग्रिन थालेको किसानले बताएका छन् ।
रौतहटको गरुडास्थित श्री राम सुगर मिल्स अझै पनि संचालनमा आउन नकस्दा किसान मर्कामा परेका छन्। उखुको मूल्य निर्धारण नभएको र विगत दुई वर्षको करिब बाइस करोड रुपैयाँ उद्योगले किसानलाई भुक्तानी गर्न बाँकी रहेको अवस्थामा उद्योग संचालनमा नआउँदा उखुको मोल कम हुने त्रासले किसानलाई सताउन थालेको छ । अधिकांश उखु खेतमै बिग्रिन थालेको किसानहरूले बताएका छन् ।
खेतमा उखु तयार भइसकेपछि बेच्नुपर्ने बाध्यतामा रहेका उखु किसान चारैतिरबाट ठगीमा परेका छन् । सरकारले उखुको मूल्य नतोकेपछि अनेक मूल्यबाट उखु किसान ठगिँदै आएका छन् । अहिले उखु बेचिरहेका किसानले पाउने मूल्यमा समानता नहुँदा किसान ठगिएका हुन् ।
‘मेहनत गर्दा नहुने चाहिँ केही रहेनछ,’ रछ्यानमा लटरम्म फलेको किबी टिप्दै भूतपूर्व लाहुरे पुरन गुरुङले सुनाए, ‘त्यत्रो वर्ष अर्काको देशको सेवा गरियो, यही पाखाभित्तामा पसिना बगाएको भए ज्यान हत्केलामा राखेर खाएको जागिरभन्दा सयौं गुणा आम्दानी भइसक्ने रहेछ ।’
खेतमा उखु तयार भइसकेपछि बेच्नु पर्ने बाध्यतामा रहेका उखु किसान चारैतिरबाट ठगीमा परेका छन्। सरकारले उखुको मूल्य नतोकेपछि अनेक मूल्यबाट उखु किसान ठगिँदै आएका छन्। अहिले उखु बेचिरहेका किसानले पाउने मूल्यमा समानता नहुँदा किसान ठगिएका हुन्।
सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले शनिबारदेखि किसानलाई उखु ल्याउने चलान पुर्जी वितरण गरेको छ । चिनी उद्योगपति र किसान नेताबीच भएको सहमतिअनुसार उद्योग सञ्चालनका लागि किसानलाई चलान पुर्जी वितरण गरिएको इन्दुशंकर चिनी उद्योग हरिवनका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए ।
५ मा आरजु राणा देउवालाई फराकिलो मतान्तरले पराजित गर्दै विजय भएका एमालेका नेता तथा नवनिर्वाचित सांसद नारदमुनी रानासँग गरिएको कुराकानी:
चार वर्ष अघिसम्म गजुरीका कान्छा प्रजा महिनौ लगाएर खेतबारी जोत्थे। हलो र जुवा काँधमा राखेर गोरु धपाउँदैमा दिन बित्थ्यो, अहिले खेतबारी खन्न ट्याक्टरको प्रयोग बढेसँगै कान्छालाई सजिलो भएको छ। अहिले उनी न त हलो जुवा लिएर हिड्छन् न गोरु धपाएर हिड्छन्।
चन्द्रनगरस्थित कामतटोलका रामचन्द्र कापर केवट समुदायका हुन् । डुंगा चलाएर नदी पार गराउने उनको पुख्र्यौली पेसा हो । पौराणिक कालमा उनका पुर्खाले भगवान् रामचन्द्रलाई नदी कटाएको कथा उनी सुनाउँछन् । उनी अहिले खेतीपातीमा व्यस्त छन् । सिँचाइ, मलखादलगायतको समस्याका कारण यसबाट आफ्नो समस्या पार नलागेको उनको दुःखेसो छ ।
किसानसंग सम्बन्धित विभिन्न महासंघले अन्नबाली र तरकारी रोप्ने समयमा रासायनिक मलको अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।