८ आश्विन २०८१ मंगलबार
image/svg+xml

निर्वाचनले छोएन किसानलाई

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा पाल्पाका विभिन्न राजनीतिक दलले आफ्नो चुनावी अभियानलाई गाउँ केन्द्रित गरेका छन् । मंसिर महिना खेतीपाती स्याहार्ने र नयाँ बाली लगाउने समय भएकाले विभिन्न पार्टीका उम्मेदवारले खेतबारीमै पुगेर मतदातासँग मत मागिरहेका छन्।

आधुनिक अलैची भट्टी नहुँदा किसानलाई सास्ती

जिल्लाको लालीगुराँस नगरपालिका ९ बस्ने अलैची कृषक मोहन तेयुङ अलैची टिप्नु भन्दा अलैची सुकाउनु झण्जटीलो हुने बताउछन्। उनले अलैची टिप्नु सहज भए पनि अलैची सुकाउनु गाह्रो हुने अनुभब सुनाए । बिगत लामो समय देखि अलैची परम्परागत रुपमा सुकाउदै आएका यहाँका किसानहरुको आधुकनिक भट्टीमा पहुँच पुग्न नसक्दा बषौ देखि घाटा समेत बेहोर्दै आएका छन्।

मूल्य घट्दा अलैंची किसान र व्यापारी चिन्तित

अलैंचीको मूल्यमा भारी गिरावट आएपछि किसान र व्यापारी चिन्तित बनेका छन् । प्रतिमन (४० केजी) अलैंचीको मूल्य एक लाख १० हजारबाट घटेर ३० हजार रुपैयाँमा झरेको छ।  छथर जोरपाटी–५ परेवादिनका किसान बमबहादुर लिम्बुले अलैंचीको मूल्य कम भएका कारण कामदारको ज्यालासमेत उठाउन मुस्किल परेको बताए । १२ रोपनी क्षेत्रफलमा लगाएको अलैंची खेतीबाट वार्षिक दुई मन (८० केजी) सम्म अलैंची बेचेर दुई लाखसम्म कमाए।

रातभर ढ्याङ्ग्रो ठटाउँदै मकैबारीमा किसानहरू

जब रात पर्छ तब चाँगुनारायण नगरपालिका– ५ छालिङस्थित त्रिशूल डाँडामा ढ्याङ्ग्राकोे आवाज सुनिन थाल्छ।

क्षतिपूर्तिको माग गर्दै किसानद्वारा प्रदर्शन

श्री राम सुगर मिल्स, बाबा डिस्टिलरी विर्ता, ज्योति डिस्टिलरी पिपरापोखरिया र एभरेस्ट डिस्टिलरी गंगापिपराले वर्षाको मौका पारी छाडेको विषाक्त पानीले हजारौं बिघा खेती नोक्सान भएपछि रौतहटको विभिन्न गाउँका किसानले क्षतिपूर्तिको माग गर्दै मंगलबार सदरमुकाम गौरमा प्रदर्शन गरेका छन्।

शंखेकीराको प्रकोपले किसान चिन्तित

वर्षाको समयमा लगाएका कृषि बालीमा शंकेकीराको प्रकोप देखिएको छ। रामपुर नगरपालिकाको तिलकपुर, तलपोखरा, कौवा, विजयपुर, प्याकलुक, मैदान, गैटार, किसानबारी, रम्भा गाउँपालीकाको हुँगी र पूर्वखोला गाउँपालिका रिग्नेरहमा प्रकोप देखिएको हो।

गाउँका किसान सिंहदरबारमा पुरस्कृत

श्रीमतीका गहना बेचेर कृषि व्यवसाय सुरु गरेका नवलपरासीका थमबहादुर रजाली मगर अचेल वार्षिक २० लाख रुपैयाँ आम्दानी गर्छन् ।

किसानले रासायनिक मल पाएनन्

सरकारी निकायको गैरजिम्मेवारीले बजारमा रासायनिक मलको अभाव भएको छ। अनुदानको रासायनिक मल आयात गरेर बिक्री वितरणको जिम्मेवारी पाएको सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी जिम्मेवारीमा चुक्दा युरिया मल अभाव भएको हो।

किसानको अन्यौलता: रोपाई गर्नु की भोट हाल्न जानु

स्थानीय तहको दोश्रो चरणको निर्वाचन मिति मध्य असारमा तोकिँदा खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका युवा किसान संग्राम राईलाई चित्त बुझेको छैन।

क्षति न्यूनीकरण किसानलाई मोबाइल

जिल्लाका किसानलाई जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मोबाइल फोन वितरण गरिएको छ।

हरियो चिया उत्पादन बढ्यो, किसान उत्साही

समयमा वर्षा र मलखाद अभावले गतवर्ष ओरालो लागेको हरियो चियापत्ती उत्पादनले यो वर्ष भने किसानलाई उत्साह थपेको छ। समयमै वर्षा भएको र धेरै स्थानमा हावापानी अनुकूल हुँदा गतवर्षहरूको तुलनामा हरियो पत्ती उत्पादन बढेको चिया किसान र प्रशोधनकर्ताले बताएका छन्।

किसानद्वारा चिनी उद्योग तोडफोड

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडमा तोडफोड भएको छ। उद्योगलाई उखु उपलब्ध गराउने किसानले बक्यौता भुक्तानी माग गर्दै तोडफोड गरेका हुन्। गत तीन आर्थिक वर्षको गरी करिब ३२ करोड रुपैयाँ किसानले उद्योगसित भुक्तानी लिनुपर्ने बाँकी रहेको भन्दै गत हप्ता उद्योगको विभिन्न कार्यालयमा तालाबन्दी गरेका थिए।

बिमा गर्न इच्छुक देखिएनन् तरकारी किसान

पश्चिम चितवनको गुञ्जनगर, शुक्रनगर, पार्वतीपुर क्षेत्रमा व्यावसायिक तरकारी खेती फस्टाएको छ। एक–दुई बिघामा हैन १० देखि २८ बिघासम्म तरकारी लगाउने किसान त्यस क्षेत्रमा छन्। तर उनीहरु कृषि बिमा गर्न इच्छुक देखिँदैनन्। खेतीमा कुनै जोखिम नभएर उनीहरु ढुक्क भएका पनि होइनन्। जोखिम भए पनि उनीहरु बिमाप्रति आकर्षित छैनन्।

भुक्तानीको माग्दै किसानले गरे उद्योगमा तालाबन्दी

रौतहटको गरुडास्थित श्री राम सुगर मिल्समा किसानहरुले विहीवार तालाबन्दी गरेका छन् । ३२ करोडभन्दा बढी भुक्तानी दिनेतर्फ उद्योगले कुनै चासो नदेखाएपछि भुक्तानीको माग गर्दै किसानहरुले उद्योगको विभिन्न विभागमा तालाबन्दी गरेका छन् ।

जर्मनमन्त्री नेपाली किसानको खेतमा

जर्मनीको वातावरण, प्रकृति संरक्षण, निर्माण तथा आणविक सुरक्षामन्त्री बारबरा हेन्ड्रिक्सले जलवायु परिवर्तन अनुकूलन खेतीका लागि नेपाली महिलाले अपनाउँदै आएको पद्धतिको प्रशंसा गरेकी छिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्