कलङ्की–धोबीखोला सडक विस्तार तत्काल सरू नहुने
चीन सरकारको आर्थिक सहयोगमा विस्तार गर्ने तयारी भइरहेको चक्रपथको दोस्रो खण्ड (कलङ्की–धोबीखोला) को तत्काल काम शुरु नहुने भएको छ।
चीन सरकारको आर्थिक सहयोगमा विस्तार गर्ने तयारी भइरहेको चक्रपथको दोस्रो खण्ड (कलङ्की–धोबीखोला) को तत्काल काम शुरु नहुने भएको छ।
फागुन २१ गते गोरखाको आरूघाट गाउँपालिका–१ मान्बुमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भयो भने धार्चे गाउँपालिका उपाध्यक्ष सहित सात जना गम्भीर घाइते भए । धार्चे गाउँपालिका वडा नं.६ का वडा सचिव किरण भण्डारीको घटनास्थलमै ज्यान गयो । अन्य घाइते भएकालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाण्डौँ लगियो । अहिले पनि उनीहरूको नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।
नेपालगन्ज उपमहानगरको ‘मुटु’ मानिने धम्बोझी चोकदेखि खजुरा जोड्ने सडक खण्डमा अचेल दिनहँुजसो दुर्घटना भइरहन्छन्।
रसुवागढी नाका जोड्ने छोटो दूरीको गल्छी–मैलुङ सडक स्तरोन्नतिको काम ६० प्रतिशत सकिएको छ। गल्छीदेखि रसुवागढीसम्मको सडकलाई तीन भागमा वर्गीकरण गरेर काम अघि बढाइएकोमा गल्छीदेखि मैलुङसम्मको ६० प्रतिशत काम सकिएको हो।
भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहुँदा काठमाडौँ महानगरपालिका (कामपा) लाई ब्रुमर र सञ्चालन गर्न समस्या परेको छ। आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक विभाग मातहतमा पर्दछ। विगत एक वर्षदेखि कामपाले सडक सफा बनाउन नियमितरूपमा सात ब्रुमर सञ्चालन गर्दै आएको छ। त्यसको प्रभाव ठूला सडकमा मात्रै देख्न पाइन्छ।
एक वर्ष म्याद थप गरेसँगै सडक र पुलसम्बन्धी ८० प्रतिशतभन्दा धेरै आयोजना सम्पन्न हुने आस गरेका छौं। साइट क्लियर नभएका आयोजनाबाहेक अन्यको निर्माण सम्पन्न हुनेछ।
काठमाडौंमा जथाथावी लेन मिचेर गाडी गुडाउने क्रम बढेपछि लेन व्यवस्थापन गर्नभन्दै महानगरी ट्राफिक प्रहरीले नयाँ नियमको सुरुवात गरेको छ।
गोरखाको सिरानचोक गाउँपालिका ६ नयाँसाँघुका स्थानीयले सडक कालोपत्रे समयमै नगरेको भन्दै बाह्रकिलो–बारपाक सडक खण्ड अवरुद्ध पारेका छन्। २०७३ सालमा दुई वर्षभित्र कालोपत्रे पूरा गर्ने गरी नागार्जुन त्रिसुली जेभीले ठेक्का लिएको उक्त सडक अहिलेसम्म कालोपत्रे भएको छैन। कालोपत्रे छिटो गर्न दबाव दिने उद्देश्यले स्थानीयले सडकमा भेला भएर, बाँस तेर्साएर बाटो अवरुद्ध गरेका छन्।
गुचीले नेपालमा स्वयंसेवक ट्राफिक बनेर सडक व्यवस्थापना सहयोग पु-याएको करिब दुई वर्ष भयो। उनले अशक्त तथा वृद्धवृृद्धालाई जेब्राक्रसिङबाट सडक पार गराइदिँदै आएका छन्।
मोरङको पुष्पलालचोक–विराटचोक सडक विस्तार तीव्र पारिएको छ। प्रदेश १ सरकारले गौरवको आयोजनाका रूपमा उक्त सडकलाई राखेको छ। सडक निर्माण थालिएको ६ महिना नबित्दै ४० प्रतिशत काम सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालय मोरङले जनाएको छ।
दोलखालाई राजधानी काठमाडौंसँग जोडने जिल्लाको प्रमुख ‘लाइफलाइन’ मानिने चरिकोट–खाडीचौर सडक निर्माणमा भइरहेको ढिलासुस्ती र लापरबाहीविरुद्ध आन्दोलित संघर्ष समितिले मंगलबार सडकमा सरकारी गाडीहरू गुड्न रोकेको छ।
बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि धमाधम काम भइरहँदा धनगढी–भजनी सडकखण्डको दुई किलोमिटर क्षेत्रमा भने तीन वर्षदेखि रोकिएको छ।
बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सडक दुर्घटनाको दोषी चालकलाई मात्रै देखाएर प्रतिनिधिसभाको विकास समितिले प्रतिवेदन बनाएको भन्दै आपत्ति जनाएको छ।
लामोसाँघु–जिरी सडकखण्ड कालोपत्रे तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीविरुद्ध निरन्तर खबरदारी गर्दै आएका दोलखाका नागरिक अभियन्तालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।