खबरदारी गर्ने अभियन्ता पक्राउ
लामोसाँघु–जिरी सडक खण्ड कालोपत्रे एवम् स्त्तरोन्नतिमा भइरहेको ढिलासुस्तीविरुद्ध निरन्तर खबरदारी गर्दै आएका दोलखा जिल्लाका नागरिक अभियन्तालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।
लामोसाँघु–जिरी सडक खण्ड कालोपत्रे एवम् स्त्तरोन्नतिमा भइरहेको ढिलासुस्तीविरुद्ध निरन्तर खबरदारी गर्दै आएका दोलखा जिल्लाका नागरिक अभियन्तालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।
भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ। भिरबाट खोंचमा झरेको यात्रुबाहक बसमा सवार अरु पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।
अफगानिस्तानमा एक हप्ते आंशिक युद्धविराम शनिबार सुरु भएको छ। अफगानिस्तानको मुख्य विद्रोही समूह तालिवान, अमेरिका र अफगान सरकारबीच हिंसा न्यूनीकरण गर्न एक हप्ते सम्झौता भएको हो।
स्थानीयले खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम रोकेका छन्।
दसैंअघि मात्र मर्मत गरिएको नौबिसे–नागढुंगा सडक ठाउँठाउँमा खाल्डाखुल्डी परेकाले फेरि मर्मत सुरु गरिएको छ। विशेष गरी अत्यधिक भारयुक्त मालवाहक सवारीसाधन काठमाडौंतर्फ प्रवेश गर्दा लेन बढी दबिएर खण्डखण्ड पर्ने गरेको छ। खाल्डाखुल्डी परेको सडकमा अहिले मर्मतसम्भारको काम तीव्र गरिएको हो।
दाङको तुलसीपुरस्थित हेमन्तपुर–टरिगाउँ सडकखण्डमा कालोपत्र गरेको ६ महिना नपुग्दै उप्किएको छ।
गौरवको आयोजनाका रूपमा रहेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणको काम कछुवा गतिमा अगाडि बढेको छ। १० वर्षयता यो सडकखण्डको जम्मा पाँच किलोमिटर क्षेत्रमात्र कालोपत्रे भएको सय ९६ किलोमिटर लम्बाइ रहेको यो सडकको हालसम्म १० किमी बाटोमात्र कालोपत्रे छ।
सरकारी लक्ष्यअनुसार हालसम्म ६ सय किलोमिटर सडक कालोपत्रे हुनुपर्थ्यो। संघीय सरकारले चालु आर्थिक वर्षको ६ महिनामा तीन सय ६२ किलोमिटर सडक कालोपत्रे गरेको छ।
माघ २७ गते बिहान ५ बजेको थियो। चोहर्वा–सिरहा सडक खण्ड सुनसान थियो। नरहा गाउँपालिकाको प्रशासनिक भवन नजिकै ठूलो डरलाग्दो आवाजले छेउछाउ बस्तीका स्थानीयलाई अत्यायो।
सदरमुकाम धादिङबेंसी बजारक्षेत्रको सडक दायाँ–बायाँ फुटपाथ (सडकपेटी) निर्माण गरिएको छ। नगरपालिकाले विभिन्न टोलसुधार समितिलाई जिम्मा दिई सडकपेटी निर्माण गरेको हो।
सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौँदेखि सम्पर्कविहीन भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ पक्की पुलदेखि एरपोर्टसम्म जोड्ने सडकको काम अलपत्र परेको छ।
जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ। नियमित सडक सञ्चालन गर्दा सडक विस्तारमा समस्या भएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सडक स्तरोन्नतिका लागि रघुगंगा गाउँपालिकाको घुमाउने तालदेखि बेगखोलासम्म सवारीसाधन बन्द र काम गर्ने समय तालीका बनाएको हो।
देशभर निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त बनेका छन्। रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी भएको जनाइको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा जनतालाई आकर्षित गर्न मात्र नभई राष्ट्रिय आकांक्षाभएको बताएका छन्।
पश्चिम नवलपरासीस्थित मन्झरिया–सनइ–रगरगञ्ज सडकअन्तर्गत भइरहेको काम गुणस्तरहीन भएको पाइएको छ।