४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नागढुंगा सडक मर्मत तीव्र

धादिङ - दसैंअघि मात्र मर्मत गरिएको नौबिसे–नागढुंगा सडक ठाउँठाउँमा खाल्डाखुल्डी परेकाले फेरि मर्मत सुरु गरिएको छ। विशेष गरी अत्यधिक भारयुक्त मालवाहक सवारीसाधन काठमाडौंतर्फ प्रवेश गर्दा लेन बढी दबिएर खण्डखण्ड पर्ने गरेको छ। खाल्डाखुल्डी परेको सडकमा अहिले मर्मतसम्भारको काम तीव्र गरिएको हो।

थानकोटबाट धादिङको पिपलामोडसम्मको झन्डै साढे दुई किलोमिटर सडकमा डिभिजन सडक कार्यालय काठमाडौंले मर्मतका साथै कालोपत्रे थप्ने काम गरिरहेको छ। साँघुरो र उकालो भएकाले सामान्य समयमा पनि जाम हुने यस सडक खण्डमा कालोपत्रेका कारण सवारी जाम बढेको छ। यात्रुलाई सहज रूपमा गन्तव्यमा पु¥याउन नागढुंगा प्रहरीले आलोपालो सवारी आवागमन गराएको छ। एक सातामा सकाउने गरी सवारी चाप कम हुने दिउँसोको समयमा काम गरिरहेको कार्यालयले जनाएको छ।

त्रिभुवन राजपथअन्तर्गत पर्ने नौबिसे–नागढुंगा सडक साँघुरो, घुमाउरो र उकालो भएकाले मर्मतमा पनि समस्या हुने गरेको ठेकेदारहरूले बताउँदै आएका छन्। समयसमयमा मर्मत कार्य भइरहे पनि सोचेजस्तो स्तरीय बनाउन नसक्दा आमनागरिकले सास्ती खेप्नु पर्ने र गुनासो गर्ने गरेका छन्। सडक मर्मतको कामलाई स्तरीय बनाउन केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, प्रधानमन्त्रीका विकास समन्वयविज्ञ गजेन्द्र थपलिया, डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीलगायतले सडक स्तरोन्नतिको काम स्थलगत अवलोकन गरेका थिए।

कालोपत्रे भइरहेको सडकको काम सन्तोषजनक रूपमा भइरहेकाले चाँडै सकिने मन्त्री नेम्वाङले बताए। ‘राजधानी भित्रिने र बाहिरिने मुख्य नाका भएकाले यस सडकको स्तरोन्नति कार्य ढिला गर्नु हुन्न,’ उनले भने, ‘काममा ढिलासुस्ती र स्तरीय सडक निर्माणका लागि निरीक्षण गरेका हौं।’ आगामी चैतसम्ममा मर्मत कार्य सम्पन्न गर्ने गरी ठेक्कासम्झौता गरिएको छ। मर्मतको जिम्मा पाएको वल्र्डवाइड कन्स्ट्रक्सनका प्रतिनिधि रामशरण बुढाथोकीले केही दिनभित्रै सडक मर्मतको कार्य सक्ने बताए।

दसैंअघि मात्र मर्मत गरिएको नौबिसे–नागढुंगा सडक ठाउँठाउँमा खाल्डाखुल्डी परेकाले फेरि मर्मत सुरु गरिएको छ। विशेष गरी अत्यधिक भारयुक्त मालवाहक सवारीसाधन काठमाडौंतर्फ प्रवेश गर्दा लेन बढी दबिएर खण्डखण्ड पर्ने गरेको छ। खाल्डाखुल्डी परेको सडकमा अहिले मर्मतसम्भारको काम तीव्र गरिएको हो।

थानकोटदेखि सिस्नेखोलासम्म सुरुङ निर्माणका लागि अहिले काम भइरहेको छ। सुरुङ निर्माण सम्पन्न भएपछि राजधानी आवतजावत गर्न सहज हुन्छ भने छोटो पनि हुन्छ। सवारीसाधनको चाप उच्च रहेको सो सडकखण्ड निर्माणमा समन्वय गर्न ट्राफिक प्रहरी नियमित खटिएका छन्। राजधानी आवतजावतका लागि यस सडकको विकल्प नभएकाले सवारीसाधन आलोपालो रोकेर निर्माणको काम भइरहेको नागढुंगा प्रहरीले जानकारी दिएको छ।

बाहिरी जिल्ला तथा भारतबाट समेत भारी लोड लिएर आउने मालवाहक सवारीसाधनको लोडले सडकको देब्रे लेनमा असर गर्ने गरेको छ। अझ धादिङ र नुवाकोटबाट गिटी–बालुवा बोक्ने टिपरले सडक तहसनहस पार्ने गरेको छ। नदीबाट निकालेको र प्रशोधन गरिएको चिसो बालुवा बोकेर गुड्ने टिपरको भार सडकले थेग्नसक्ने क्षमताभन्दा दोब्बर हुन्छ। त्यसमाथि टिपरले उकालोमा पानी चुहाउँदा सडक सधैं चिसो भइरहन्छ। यसले चाँडो कालोपत्रे भत्कने गरेको डिभिजन सडक कार्यालयको भनाइ छ।

सडक विभागले बिग्रिएको सडकको मर्मत पनि गर्ने गरेको छ। तर, यो सडकखण्ड मर्मतसम्भारमा निकै कठिनाइ हुँदै आएको छ। चौडाइ कम भएकाले निर्माण सामग्री राख्न र काम गर्न पनि असहज हुने गरेको डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले बताए। ‘स्तरोन्नति र मर्मतका काम गरिरहेका विभिन्न स्थानमध्ये यो सबैभन्दा कठिन स्थान हो,’ उनले भने, ‘ठाडो उकालो सडक र सवारीसाधनको उच्च चाप भएकाले काममा सहज नभए पनि त्यसलाई व्यवस्थापन गरेर काम भइरहेको छ।’

प्रकाशित: ८ फाल्गुन २०७६ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App