८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना संक्रमणबाट गोरखामा दुई दिनमा दुई जनाको मृत्यु

कोरोनाका कारण गोरखामा सोमबार र मंगलबार दुई दिनमा दुईजनाको मृत्यु भएको छ। सोमबार भीमसेन थापा गाउँपालिका १ मसेलका एक पुरुषको मृत्यु भएको थियो। मंगलबार गोरखा नगरपालिका १४ का अर्का एक पुरुषको मृत्यु भएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

कोरोना संक्रमितले भरियो भेरी अस्पतालको कोभिड वार्ड

‘हामीसँग उपलब्ध रहेको १ सय ४२ बेड पुरै प्याक भइसकेको छ, यि बेड खाली नहुँदा सम्म कसैलाई पनि भर्ना गर्नसक्ने स्थिती छैन, सबै बेड प्याक भइसकेका छन्, दिनहुँ संक्रमितको ग्राफ उच्च छ, अस्पतालले नै थेग्न गाह्रो भइसक्यो,’: मेसु डा. प्रकाश थापा

कोरोना संक्रमणबाट दाङका एक पत्रकारको निधन

अवस्था जटिल बन्दै गएपछि केहि दिन अघि उनलाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ पुर्याईएको थियो । काठमाडौँ स्थित करुणा अस्पतालमा भेन्लिेटरमा राखेर उपचार गरिएका अधिकारीको मंगलबार राती निधन भएको हो ।

कोरोना संक्रमितहरुको यात्रा इतिहास: भारत सीमामा निर्वाध आवतजावत

कोरोनाको पहिलो लहर सुरु भएपछि सरकारले नेपालको सीमा नाका सिल गरेर आउजाउमा रोक लगाएको थियो। पछि प्रदेश २ का वीरगन्ज, सिरहालगायतका नाकाहरुबाट अतिआवश्यक आउजाउ र मालबस्तु ढुवानी खुकुलो पारिएको थियो । त्यसपछि वीरगन्जबाहेकका नाकाबाट आउजाउ पुनः बन्द गरियो। पछिल्लो समय वीरगन्ज र सिरहाको माड्र नाकाबाट आउजाउ खुकुलो पारिएको छ।

राहुल गान्धीलाई कोरोना सङ्क्रमण पुष्टि, प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्यलाभको कामना

भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

बिहीबारदेखि विद्यालय बन्द, बैशाख १४ गतेदेखि बार्षिक परीक्षा

धरान उपमहानगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालय बिहीबारदेखि बन्द गरिने भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले बैशाख मसान्तसम्म विद्यालयमा बन्द गर्ने निर्णय गरेपछि मंगलबार शिक्षा क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेर धरान उपमहानगरले बिहीबारदेखि विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

भीडभाड हुने गतिविधिमा रोक, अटेर गरे कारबाही गरिने

सुर्खेतमा कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि भीडभाड हुने गतिविधिमा रोक लगाएको छ ।

काठमाडौं जिल्ला प्रशासनद्वारा १४ बुँदे आदेश, मास्क नलगाउनेलाई प्रवेशमा रोक

नयाँ भेरियन्टसहितको कोरोना भाइरस महामारीको संक्रमण दर बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले १४ बुँदे निर्देशन जारी गरेको छ ।

थप १७ सय ३६ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

राष्ट्रपति रनिङ शिल्ड अन्योलमा

यो वर्षको विद्यालयस्तरीय खेलकुद राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्योलमा परेको छ । स्कुले बालबालिकामा पनि कोरोना संक्रमण देखिएपछि बजार क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णयसँगै प्रतियोगिता अन्योलमा परेको हो ।

नायिका केकी अधिकारीलाई कोरोना संक्रमण

चर्चित नायिका केकी अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। केकीले आफूलाई शंका लागेपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ भएको बताएकी छिन्।

कोरोना संक्रमण तीव्र : बाँकेमा बैशाख ९ गतेबाट लकडाउन

तीव्र रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि बाँके जिल्लालाई लकडाउन गर्ने निर्णय गरिएको छ। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले आगामी बिहीबार(बैशाख ९ गते)बाट लकडाउन गर्ने निर्णय गरेको हो।

भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो

भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ५९ हजार १ सय ७० सङ्क्रमित भएका छन्। त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ७ सय ६१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको मङ्गलबार जनाइएको छ।

कोरोनाबाट बच्न खानुस् यी खानेकुरा

कोरोनाको दोस्रो लहर बढेसँगै मानिसमा फेरि एक किसिमको डर र त्रास देखिएको छ। अहिलेको समयमा स्वस्थ्य रहनु नै सबैभन्दा उच्च उपाय हो। सरकारले दिएको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नुको साथै आफ्नो जीवनशैलीमा अत्यन्त सतर्क रहनुपर्छ। खानपान तथा व्यायाममा त्यत्तिकै ध्यान दिनु आवश्यक रहेको छ।

बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द

अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएकोे हो। सङ्क्रमणपछि उक्त महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकसमेत रहेकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्