८ वैशाख २०८१ शनिबार
समाज

कोरोना संक्रमणबाट दाङका एक पत्रकारको निधन

कोरोना संक्रमणका कारण दाङका एक पत्रकारको निधन भएको छ। घोराहीका पत्रकार दामोदर अधिकारीको कोरोनाका कारण मंगलबार राती निधन भएको हो। उनि केहि दिन अघि देखि ज्वोरोका बिरामी थिए। टाईफाईड समस्या देखिएका उनको कोरोना परिक्षण गरिएको थियो। 

परिक्षणका क्रममा २७ चैतमा संक्रमण पुष्टि भएपछि उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईशोलेशनमा राखेर उपचार गरिएको थियो। तर अवस्था जटिल बन्दै गएपछि केहि दिन अघि उनलाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ पुर्याईएको थियो।

काठमाडौँ स्थित करुणा अस्पतालमा भेन्लिेटरमा राखेर उपचार गरिएका अधिकारीको मंगलबार राती निधन भएको हो। उनि घोराहीबाट प्रकाशित गोरक्ष दैनिकमा कार्यरत थिए। नेपाल पत्रकार महासंघका साधारण सदस्य समेत रहेका उनको निधन प्रति नेपाल पत्रकार महासंघले दुख ब्यक्त गरेको छ। 

प्रकाशित: ८ वैशाख २०७८ ०४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App