नेपालमा थप २० जनामा कोरोना संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४ नमूना परीक्षण गर्दा २० जनामा सङ्क्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४ नमूना परीक्षण गर्दा २० जनामा सङ्क्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ। यस अवधिमा ५१ जना कोरोनामुक्त पनि भएका छन्।
देशमा हाल कोरोना संक्रमितको संख्या चार करोड ४० लाख ६७ हजार एक सय ४४ पुगेको छ। गत दुई दिनयता घटेको जस्तो देखिएको कोरोना संक्रमित बुधबार प्रकाशित तथ्याङ्क अनुसार पुनः बृद्धि भएको देखिएको छ। देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय संक्रमित छन्।
बिहीबार राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार विज्ञप्तिमार्फत भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र छिमेकी सीमा नाकाका सबै हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको जनाएको हो। ‘हामीले प्रत्येक नाकालाई निर्देशन दिइसकेका छौं। भारतबाट आउनेमा संक्रमण फेला परे जिन सिक्वेन्सिङ गर्छौैं,’ राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भने।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उक्त रकम उपलब्ध गराएको हो।
भारतको दक्षिणी राज्य तामिलनाडुको कोयम्बटोरमा ‘कोरोना देवी’का दुईवटा मूर्ति स्थापना गरी पूजा गरिएको छ। कोरोना भाइरसको संक्रमण बढेपछि महामारी रोक्न मूर्ति स्थापना गरी पुजारीले दैनिक पूजा गर्न थालेको समाचार संस्था अलजजिराले जनाएको छ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संस्थागत आइसोलेसनमा बसी निको भएका सङ्क्रमितलाई फूलमाला लगाएर घर फर्काएको छ।
‘अरु अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गरेर अघि बढ्ने भन्ने कुरा सम्भव हुँदैन,’ प्रदेश सरकारका अर्थमन्त्री एबं सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने ‘अरु अस्पताललाई पनि कोभिड अस्पताल बनाएपछि त्यहाँ भएका अरु रोगका बिरामीहरुलाई कहाँ राख्ने ?’
‘क्रिटिकल अवस्थाका बिरामीहरु गेटमै छट्पटाउन थाल्नु हुन्छ,’ ओलीले भने ‘अनि हामीहरुले प्रतिक्षालय वा गल्लीमा राखेर उहाँहरुलाई अक्सिजन दिनु परिरहेको छ ।’
अवस्था जटिल बन्दै गएपछि केहि दिन अघि उनलाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ पुर्याईएको थियो । काठमाडौँ स्थित करुणा अस्पतालमा भेन्लिेटरमा राखेर उपचार गरिएका अधिकारीको मंगलबार राती निधन भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार दुई सातायता १८ वर्षमुनिका २ सय ७१ बालाबलिका संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले दुई सातायता १८ वर्षमुनिका कोरोना संक्रमित बालबालिका २ सय ७१ रहेको जनाए। उनका अनुसार चैत १४ देखि चैत २९ गतेसम्म ३ हजार ४ सय ५ जनालाई संक्रमण देखिएको छ। जसमध्ये १८ वर्षमुनिका २ सय ७१ बालबालिका कोरोना संक्रमित रहेका छन्।
भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ४ सय ५९ जनाको मृत्यु भएको छ। एकै दिनमा कोरोनाबाट ४ सय ५९ जनाको मृत्यु हुनु यसवर्ष सुरु भएयताको नै सब भन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन्। कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनैरूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका लागि मनोपरामर्श जरुरी रहेको मनोविद्को सुझाव छ।
सन् २०१८ मार्चमा १९ हजार दुई सय ६० विदेशी पाहुनाको हवाईजहाजबाट पोखरा आउजाउ भएको थियो। त्यो संख्या २०१९ मा १६ हजार आठ सय ८४ मा ओर्लेको थियो। त्यही आगमन २०२० को मार्चमा झनै कम भएर पाँच हजार १२ मा सीमित भयो। २०१८ को तुलनामा २०१९ मा घट्नुमा विशेष कारण थिएन। तर २०२० मा एकाएक ओरालो लाग्नुमा मुख्य कारण थियो–कोरोना भाइरस महामारीको सन्त्रास।
नागरिकले सूचनाको हक प्रयोग गर्दै माग गरेको सुचना अनुसार उसले नेपालमा कोरोना संक्रमण सुरु भएदेखि क्वारेन्टिन र आईशोलेशन कायम रहँदा सम्म २ करोड ८० लाख ७० हजार ८ सय ३७ रुपैयाँ खर्च गरेको छ ।