८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कर्णाली कोभिड अस्पताल: २४ घण्टामा छ जना संक्रमितको मृत्यु

‘पछिल्लो २४ घण्टामा कोरोना अस्पतालमा उपचार भइरहेका र आएका छ जनाको मृत्यु भएको छ,’ कोरोना फोकलपर्सन डा. पौडेलले भने, ‘अस्पतालमा विरामीको चाप अत्याधिक हुँदा उपचारका लागि समस्या भइरहेको छ।’

सुदूरमा बढ्दै कोरोना संक्रमित

पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा पनि नयाँ संक्रमितको संख्या दिनानुदिन बढ्न थालेको छ । सुदूरपश्चिममा बिहीबार एकै दिन मात्रै दुई सय ४० जना नयाँ संक्रमित फेला परेका छन् ।

प्रदेश २ मा थपिए २५९ संक्रमित, पर्सामा सबैभन्दा बढी

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा १४१, बारामा २३, रौतहटमा १७, सर्लाहीमा ६, महोत्तरीमा १५, धनुषामा ४६, सिरहामा ७ र सप्तरीमा १ जना संक्रमित थपिएका छन्।

२४ घण्टाभित्र बाँकेमा १२ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टाभित्र बाँकेमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । २४ घण्टाभित्र यति धेरै मृत्यु भएको यो तथ्यांक अहिलेसम्मकै उच्च रहेको बताइएको छ ।

पाटनमा आकस्मिक र सुरक्षित सुत्केरीबाहेकका सेवा बन्द

स्वास्थ्य केन्द्रका दुईजना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि अर्को सूचना नहुँदासम्म अन्य सेवा बन्द गरिएको जनाएको छ। केही समस्या परेमा स्वास्थ्यकर्मीहरुलाई फोन गरेर परामर्श लिनसमेत प्राथमिक स्वास्थ्य केन्द्रले आग्रह गरेको छ।

प्रदेश १ मा थपिए २ सय ७० जना संक्रमित

मोरङमा १ सय ३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

२४ घन्टामा ३५ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसबाट ३५ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ।

कर्णाली प्रदेश सरकारद्वारा कोरोना नियन्त्रणका लागि एक अर्ब ३४ करोड विनियोजन

बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले एक अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ।

निषेधाज्ञामा निःशुल्क शव ढुवानी र आर्थिक सहायता नरोकिने

नयाँ भेरियन्टसहितको कोरोना भाइरस नियन्त्रणमा लिन सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको भए पनि निःशुल्क शव ढुवानी र आर्थिक सहायता वितरण नरोकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ।

बिरामी धान्न नसक्ने अवस्थामा टेकु अस्पताल, स्वास्थ्यकर्मी भन्छन्ः अब सकिन्न

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै काठमाडौंको टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी चिन्तामा छन्।

शरीरमा अक्सिजन बढाउने तरिका

स्वस्थ जीवनशैली,खानपिन गर्ने तरिका,व्यायाम,योगा,प्रणायाम आदि कुराले हाम्रो जीवनमा परिवर्तन ल्याईरहेको छ। यी कुरामा ध्यान नपुर्‍याए बिरामी हुने सम्भावना बढ्छसाथै कोरोनाको खतरा पनि उत्तिकै रहन्छ।

कोरोना संक्रमित महिलाले जन्माईन् स्वस्थ बच्चा

सुर्खेत, भेरीगंगा नगरपालिका ११ बस्ने २२ वर्षीया महिलाले बच्चा जन्माएकी हुन्। नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा. नितेशकुमार कनोडियाका अनुसार महिलालाई तीन दिनदेखि ज्वरो आएको थियो।

बाँकेमा एकै रात ६ जना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट अहिलेसम्म बाँकेका मात्रै १ सय ६ र बाहिरी जिल्लाका १ सय ९ जनाको मृत्यु भइसकेको छ।

झापा र इटहरीका संक्रमितको विराटनगरमा मृत्यु

उपचारका क्रममा झापा र इटहरीका दुई जना कोरोना भाइरस संक्रमितको विराटनगर र बुढीगंगाका छुट्टाछुट्टै अस्पतालमा मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्