coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पतालमा थप दुई संक्रमितको मृत्यु

नेपालगन्जको भेरी अस्पतालमा आज बिहान थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। लम्की चुहा नगरपालिका १ कैलाली निवासी ४३ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा यही बैशाख १४ गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो। 

अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि आज बिहान ७ बजेर ५० मिनेट जादाँ मृत्यु भएको हो।यस्तै भेरी अस्पतालमै खजुरा गाउँपालिका वडा नम्बर २ बाँके निवासी ६७ वर्षीया महिलाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यही बैशाख १० गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ भएको थियो।

त्यसपछि भेरी अस्पतालमा वैैशाख १२ गते भर्ना भएकी उनको आज बिहान ८ बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। यो सँगै कोरोना संक्रमणबाट बाँकेका १ सय ७ र बाहिरी जिल्लाका १ सय १० जनाको मृत्यु भएको छ।

प्रकाशित: १६ वैशाख २०७८ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App