५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

शरीरमा अक्सिजन बढाउने तरिका

अहिले सबैको चासो स्वस्थ शरीर र मस्तिष्कतिर केन्द्रित छ। कसरी कोरोनाबाट बच्ने र कोरोना लागिहाले पनि कसरी यसको सफल उपचार गर्ने भन्ने कुरा हामी सबैको मनमा खेलिरहेको छ। स्वस्थ जीवनशैली, खानपिन गर्ने तरिका, व्यायाम, योगा, प्रणायाम आदि कुराले हाम्रो जीवनमा परिवर्तन ल्याईरहेको छ। यी कुरामा ध्यान नपुर्‍याए बिरामी हुने सम्भावना बढ्छ साथै कोरोनाको खतरा पनि उत्तिकै रहन्छ।

योग गुरु स्वामी रामदेवले योग गर्ने प्रेरणा दिनुका साथै उनले बिभिन्न रोगहरुलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरामा बढी प्राथमिकता दिन्छन्। शरीरलाई अक्सिजनको महत्व बढी हुन्छ। अक्सिजनले हाम्रो शरीरलाई स्वस्थ राख्न मात्र नभई मस्तिष्कलाई पनि स्वस्थ राख्न अत्यन्त आवश्यक हुन्छ। यसैकारणले शरीरमा सकेसम्म प्राकृतिकरुपले अक्सिजनको मात्रा बढाउन जरुरी हुन्छ। 

अनुलोम बिलोम

अनुलोम बिला]ममा नाकको एक प्वालबाट सास लिएर केहीबेर रोकेर अर्को प्वालबाट सास छोड्ने प्रक्रिया हो। यो अभ्यास कम से कम दश पटक गर्दा शरीरलाई फाइदा हुन्छ। यो प्राणायम शरीरको लागि अत्यन्त आवश्यक छ। यसले शरीरमा अक्सिजको तह ९५ b]lv १०० को बीचमा राख्न मद्धत गर्छ। 

कपालभाति 

कपालभातिमा लामो सास लिँदै फाल्नु पर्ने हुन्छ। यो गर्दा शरीरमा प्रसस्त मात्रामा अक्सिजन पुग्छ, यो अभ्यास कम से कम १० मिनेट बिहानको समयमा गर्दा फाइदा पुग्छ। यो कुनै पनि समयमा गर्न सकिन्छ। यस प्रणायामले हाम्रो शरीरमा स्फुर्ति बढ्ने काम गर्नुको साथै तनाब पनि कम हुन्छ। 

अन्य प्रणायाम   

स्वासको अन्य प्रणायाम 

स्वासकै अरु प्रणायाममा भस्त्रिका, उज्यायी, शीतकारी आदि गर्न सकिन्छ। यी सबै प्रणायाम लाभकारी छन् भने अक्सिजन बढाउन र कायम राख्न मद्धत पुर्‍याउने काम गर्छ। 

स्टिम तथा बाफ 

फोक्सो बलियो पार्न बाफको निकै सहयोग पुग्ने हुँदा समय समयमा बाफ लिँदा मद्धत पुग्ने गर्दछ। १ लिटर पानीमा कपुर, ज्वानो, पुदिना, ल्वाङगको तेल मिसाएर एक छिन तताउने र यसको बाफ लिँदा फाइदा पुग्ने गर्छ। 

यसरी आफ्नो स्वास्थ्यको ख्याल राख्नु अत्यन्तै आवश्यक छ।

प्रकाशित: १६ वैशाख २०७८ ०८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App