१९ आश्विन २०८१ शनिबार
image/svg+xml

गैरकानूनी लाभ लिएको आरोपमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसहित १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

न्याय मरेको समाज

नयाँ पद बहालीमा उज्यालो र स्वच्छ आकृति लिएर गएको मान्छे फर्कंदा झन् उज्यालो र झरिलो भएर फर्कनुपर्ने हो, यहाँ उल्टो भइरहेको छ।उपमाका लागि अख्तियारका निवर्तमान प्रमुख आयुक्त नवीनकुमार घिमिरे नै काफी छन्।

भ्रष्टाचार मुद्दा तामेलीमा राखेका घिमिरेलाई पदक

सरकारले भ्रष्टाचार प्रकरणमा मुछिएका र त्यस्ता व्यक्तिहरूलाई जोगाउन चलखेल गरेको आरोप लागेका निकायका पदाधिकारीलाइ पदकबाट विभूषित गर्ने निर्णय गरेको भन्दै जनस्तरबाट आलोचना भएको छ।

आयुक्त हुन नेताका ढोका चहार्दै पूर्वप्रशासक

अख्तियारका आयुक्त राजनीतिक भागबन्डाका आधारमा नियुक्त हुँदा संविधानले दिएको जिम्मेवारीअनुसार काम हुन नसकेको टिप्पणी हुने गरेको छ।

‘अख्तियार नेतृत्वबाट संविधानलाई धोका’

मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय आफ्नो दायित्वबाट विचलित हुँदै गएको भन्दै आलोचना भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अवकाश हुनुभन्दा केही समयअघि नेपाल आयल निगमको जग्गा खरिदमा भएको अनियमितता फाइल तामेलीमा राखेपछि चौतर्फी विरोध भएको थियो।

अख्तियारको निर्लज्ज अभ्यास

लोकमानले थर्काएर अख्तियारलाई कमाउ अड्डा बनाए, अरूले मीठो बोल्दै यो संवैधानिक संस्थालाई निकम्मा बनाए। यथार्थमै अख्तियार ‘साना माछा’ समाउने र ‘ठूला माछा’ सँग रमाउने निकायमा अनुदित भएको छ।

अख्तियारले भेटेन मिश्रको घर

कानुनअनुसार कुनै पनि व्यक्तिलाई बोलाउँदा सम्बन्धितको घरमा म्याद तामेल पु-याउनुपर्ने हुन्छ। म्याद तामेल गर्न नसके पत्रिकामा सूचना प्रकाशित गरी जानकारी दिने कानुनी व्यवस्था छ।

अख्तियारको क्लिन चिट, अर्थ र विकास समिति मौन

पूर्वपश्चिम रेलमार्गअन्तर्गत इनरुवा–काँकडभिट्टा खण्डको रेल्वे ट्र्याकबेड निर्माण ठेक्का प्रक्रियामा चलखेल भएको दाबीसहित परेको उजुरीमा अनुसन्धान गरिरहेको अख्तियारले फाइल तामेलीमा राख्ने निर्णय गरेको हो।

प्रमुख आयुक्त घिमिरे भन्छन्, अख्तियारले कोही भ्रष्टाचारी छाड्दैन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले अख्तियारले भ्रष्टाचारको मुद्दामा कसैलाई पनि नछाड्ने बताएका छन्।राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमाबोल्दै उनले भ्रष्टाचार सानो र ठूलो नहुने हुँदा सबै किसिमका भ्रष्टाचारमाथि अनुसन्धान हुने बताए।

साना र ठूला मापन नगरी भ्रष्टाचारीलाई कारवाही हुन्छ : आयोग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले साना र ठूला मापन नगरी भ्रष्टाचारीलाई कारवाही गर्ने गरिएको बताइका छन् । १ रुपैयाँ घुस खाने र अर्बौ रुपैयाँ खाने दुबै भ्रष्टाचारी भएकाले साना र ठूला मापन नगरी कारवाही गर्ने गरिएको उनले बताए ।

प्रधानमन्त्रीबाट दुई विधेयक पारितका लागि प्रस्ताव गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई विधेयक पारितका लागि प्रस्ताव गर्ने भएका छन् । उनले आज राष्ट्रिय सभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन विधेयक, २०७६ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका हुन् ।

उद्योगीलाई त्रसाउन अख्तियारलाई अनुगमनको जिम्मा

मोरङ चेम्बर अफ कमर्स प्रदेश १ बुधबार विराटनगरमा कार्यक्रम आयोजना गरी निजी क्षेत्रको अनुगमन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएकोमा सरकारको विरोध गरेका छन् । सरकारले उद्योगी व्यवसायीलाई त्रसाउने र डराउने उद्देश्यका साथ अनुगमनको जिम्मा अख्तियारलाई दिएकोमा आपत्ती जनाएको छ ।

राष्ट्रिय सभामा अख्तियार दुरुपयोग र भ्रष्टचार विधेयक पेश

विधायन व्यवस्थापन समितिबाट परित भएको अख्तियार दुरुपयोग र भ्रष्टाचार सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश भएको छ। राष्ट्रिय सभाको सोमबारको बैठकमा समितिका सभापति परशुराम मेघी गुरुङले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६’ सम्बन्धमा समितिले तयार पारेको प्रतिवेदन राष्ट्रिय सभामा पेश गरेका हुन्। उनले दुवै विधेयक संविधान अनुरुप र विश्व महासन्धिको व्यवस्था अनुरुप मिलाउन आवस्यक भए अनुसार दफावार छलफल भई संशोधन सहितको प्रतिवेदन तयार पारिएको बताए।

अख्तियारले निजी क्षेत्र हेर्ने विषयमा व्यवसायी

सरकारले बैंकिङ क्षेत्र लगायत निजी क्षेत्रमाथि अख्तियारले निगरानी गर्नेगरी विधेयक ल्याएपछि उद्योगी व्यवसायीहरुले विरोध जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्