२० मंसिर २०८१ बिहीबार
image/svg+xml

थप १,५६२ जना कोरोना पुष्टि, १९ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारमा झर्‍यो

भारतमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको देखिएको छ।

पर्यटकीय गन्तव्य खोल्न माग

यो बेला मुक्तिनाथ र अरू धार्मिक गन्तव्य खुलाए धेरथोर भारतीय पाहुना आउँथे।’ पशुपति, मनकामना जस्ता चर्चित धार्मिक गन्तव्य खुलिसके पनि पोखरा आसपासका गन्तव्य नखुल्दा त्यसको मार पर्यटनमा परेको उनले बताए।

साझा सवाल हो जातीय छुवाछूत

जात व्यवस्थाको प्रमुख विशेषता नै सामाजिक विभेद र असमानता भएको हुनाले यसलाई चिर्न अब बौद्धिक उपचारको खोजी जरुरी छ।

कोरोना संक्रमण दर १०.६ प्रतिशत

कोरोना नियन्त्रण हुनको लागि थप ७ प्रतिशत घट्नुपर्ने महामारी नियन्त्रणको सिद्धान्त हो। तर नेपालको पछिल्लो संक्रमण दरको तथ्यांकले नेपालमा कोरोना नियन्त्रणमा सुधार भएको संकेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

विदेशबाट निः शुल्क उद्वार: ७५ करोड विनियोजन, खर्च सवा करोड

रोजगारी गुमाएर अलपत्र परेकामध्ये निकै थोरैको निःशुल्क उद्धार हुन सके पनि मलेसियामा मात्र एक लाख बढीले रोजगारी गुमाएको लामो समयदेखि त्यहाँ बसिरहेकाले बताएका छन्।

नयाँ संक्रमित ९११, मृत्यु १३

सोही अवधिमा १४२३ जना संक्रमणमुक्त भएको तथा १३ जनाको मृत्यु भएको मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ।

इन्द्रजात्रा व्यवस्थापनमा खटिनेहरूलाई दिइयो कोरोनाविरुद्धको खोप

इन्द्रजात्राको व्यवस्थापनमा खटिने तीन सय जनालाई काठमाडौं महानगरपालिकाले कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिएको छ। काठमाडौंको मजिपाटस्थित लाखे ननीमा खोप कार्यक्रम चलाइएको हो।

कोरोना मैदानको एप्रोनधारी कमान्डर डा. सुनिल

डा. बुढाथोकी पातारासी गाउँपालिकामा खटिए। उनी एक महिना बसे। गाउँमा गएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउने, पिसिआर टेस्ट गर्ने र संक्रमितको अवस्था हेरेर उपचार विधि अपनाउन थाले। उनी कोरोना कालमा निकै जोखिमपूर्ण ठाउँमा खटिए। उनले त्यही ठाउँबाटै औधि माया पाए। अहिले उनी पुगेका हरेक बस्तीमा उनकै चर्चा हुन्छ। स्थानीय टेलिफोन गरेर स्वास्थ्य परामर्श लिन्छन्। स्वास्थ्यकर्मी फोन गरेर स्वास्थ्य क्षेत्रमा देखिएका समस्या राख्छन्।

थप १६७७ जना नयाँ संक्रमित, २१ को मृत्यु

मन्त्रालयले १५ हजार ३४ जनाको नमूना परीक्षण गरेको थियो। सोही अवधिमा २०७२ जना संक्रमणमुक्त भएको र २१ जनाको मृत्यु भएको पनि मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ।

भेरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

दाङ र सल्यानका दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सल्यान, दर्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

कोरोना बिमा भुक्तानीको माग गर्दै उच्च अदालतमा रिट

कोरोना बिमाको रकम भुक्तानी माग गर्दै उच्च अदालत विराटनगरमा रिट दायर भएको छ। नेपाल पत्रकार महासंघ मोरङले सोमबार बिमाको रकम भुक्तानीको माग गर्दै रिट दायर गरेको हो।

२००४ मा सङ्क्रमण, १६ को निधन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १४ हजार ६५० जनामा परीक्षण गर्दा दुई हजार चार जनामा सङ्क्रमण देखिएको हो। सक्रिय सङ्क्रमित ३३ हजार ९४६ जना रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्