२० मंसिर २०८१ बिहीबार
image/svg+xml

लुम्बिनी प्रदेश: कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत

कोभिड-१९ (कोरोना भाइरस) बाट मृत्यु भएको परिवारलाई राहतस्वरुप दिने भनिएको रकम लुम्बिनी प्रदेश सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएको छ।

उपत्यकामा हट्यो निषेधाज्ञा व्यवसाय चलाउन पाइने

काठमाडौं उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयले झन्डै पाँच महिनादेखि जारी निषेधाज्ञा हटाउँदै फिल्म हल पनि खोल्ने आदेश जारी गरेका छन्। बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञाको स्वरूप परिवर्तन गर्दै भदौ १७ गतेदेखि लागू हुने गरी उपत्यकाका फिल्म हल पुनः सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

सीमित दर्शकलाई अनुमति

नेपाल पनि त्यसबाट अछुतो रहने कुरै भएन। नेपालमा हुने गरेका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि दर्शकको उपस्थिति बाक्लो हुने गरेको छ। बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो तयारीबारे जानकारी दिने कार्यक्रममा सीमित दर्शकलाई प्रवेश दिने अनुमति पाएको बताएसँगै घरेलु समर्थकले त्रिदेशी फुटबलपश्चात् घरेलु मैदानमा फुटबल हेर्न पाउने भएका छन्।

साढे १० अर्बले बढ्यो वाणिज्य बैंकको नाफा

आर्थिक वर्ष २०७६/७७ मा सबै बैंकहरूले ५२ अर्ब ८० करोड रूपैयाँ नाफा गरेकोमा गत वर्ष नाफा वृद्धि भएर ६३ अर्ब ३० करोड रूपैयाँ पुगेको छ।

विज्ञानका दीर्घकालीन प्रक्षेपण

तापक्रम बढ्दा हिमनदी तथा हिमतालका आकार घट्दै गए, सधैँ हिउँले भरिने टाकुरा नांगा हुन थाले। सदैव चिसो हुने उत्तरी र दक्षिणी गोलाद्र्धमा हिउँका रास बिस्तारै खुम्चँदै गएको देखियो। यसरी पहाड तथा गोलाद्र्धका हिउँ पग्लिएपछि समुद्रको सतह बढ्नु अस्वाभाविक भएन ।

थप २ हजार ६५ जनामा कोरोना संक्रमण, २५ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४ सय ८८ जनामा कोरोना संक्रमण देखिएको हो।

सहुलियत कर्जामा एक खर्ब २२ अर्ब लगानी

कोरोनाबाट प्रभावित व्यवसायीलाई प्रदान गर्नका लागि अगाडि सारिएको पुनरकर्जा, सहुलियतपूर्ण कर्जा कार्यक्रममा एक खर्ब २२ अर्ब ७० करोड बराबरको लगानी भएको छ।

गण्डकी प्रदेशः अझै घटेन कोरोना मृत्युदर

कोरोना भाइरस संक्रमणले गण्डकी प्रदेशका विभिन्न जिल्लामा विहीबार नौजनाको ज्यान गयो । यो संख्या बुधबार १२ थियो । भदौको १० दिनमा मात्र गण्डकी प्रदेशमा मात्र कोरोनाबाट ६६ जनाले ज्यान गुमाएका छन ।

थप २ हजार ३३ जनामा कोरोना संक्रमण, २६ को मृत्यु

पछिल्लो २४ घन्टामा देशभर २ हजार ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

चोकचोकमा एन्टिजिन विधिबाट कोरोना परीक्षण

बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए।

बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि

हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ।आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए।

आशा र निराशाको दोसाँधमा जनता

सबैले आ–आफ्नो तर्फबाट आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्ने हो भने कोरोनाबाट सुरक्षित रहन सकिन्छ।सरकारले लागू गर्ने बाध्यात्मक नियम कानुनले भन्दा व्यक्तिको अनुशासन, आत्मसंयम र सावधानीले कोरोनाबाट सुरक्षित रहन र कोरोनालाई परास्त गर्न मद्दत पुग्छ।

नियमित शिक्षासँगै खोप व्यवस्था गर्न बालबालिकाको माग

विश्वभर फैलिएको कोरोनाका कारण आफूहरूको पढाइ बिग्रिएको र लाखौं मान्छेले ज्यान गुमाउनुपरेको कारुणिक भाव गीतको बोलबाट व्यक्त गर्दा कार्यक्रममा उपस्थित सबैका आँखा रसाएका थिए।

थप २४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २४८२ जना कोरोना संक्रमित भएका छन्। ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्