१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

थप २४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २४८२ जना कोरोना संक्रमित भएका छन्। ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५२ हजार ८६३ पुगेको छ। मन्त्रालयका अनुसार १,७८१ जना संक्रमणमुक्त भएका छन् भने ४४ जनाको मृत्यु भएको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ भने ७ लाख ३ हजार ९६४ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ जना रहेका छन्। जसमध्ये ३५ हजार २५० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ६१०  जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत् छन्।

प्रकाशित: ९ भाद्र २०७८ ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App