८ वैशाख २०८१ शनिबार
समाज

थप १४ सय ८६ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा १ हजार १४९ जना र ४ हजार ७ एन्टिजेन परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या १ हजार २६० रहेको छ।

यस्तै, कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ।

प्रकाशित: २८ भाद्र २०७८ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App