२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमण दर १०.६ प्रतिशत

गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमण दर १०.६ प्रतिशत देखिएको छ। गत चौबिस घण्टामा परीक्षण भएका १० हजार ७ हजार ८ सय ८७ वटा नमुनामध्येमा ८ सय ३८ जनामा कोरोना पुष्टि भएको हो। एन्टिजेन र पिसिआर दुवै नमुनामध्येमा ८.२ प्रतिशत मात्र कोरोना संक्रमण दर देखिएको छ। यो हिसाबले एकसाताको अवधिमा थप ५ प्रतिशतले कोरोना संक्रमण दर घटेको तथ्यांकले औंल्याएको छ।  

कोरोना नियन्त्रण हुनको लागि थप ७ प्रतिशत घट्नुपर्ने महामारी नियन्त्रणको सिद्धान्त हो। तर नेपालको पछिल्लो संक्रमण दरको तथ्यांकले नेपालमा कोरोना नियन्त्रणमा सुधार भएको संकेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। ‘सुधार भएको मान्न सकिन्छ तर जोखिम कायमै छ,’ उनले आइतबार नारिकसँग भने। 

अहिले पनि कोरोना महमारीको दोस्रो लहरको सुरुवाती चरणकै जस्तो संक्रमण भइरहेको उनले बताए। संक्रमण दर घटे पनि नयाँ भेरियन्ट आएमा पुनः संक्रमण बढ्नसक्ने भएकोले हरेक नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गरेर नियमित चलाउन अनुरोध गरेका छन्।  

थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ८ लाख ६३ हजार ८ सय ५७ जना पुगेका छन्। कोरोना संक्रमणदर घटेसँगै नेपालमा दैनिक कोरोनाबाट हुने मृत्यु दरमा पनि कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले औंल्याएको छ। गत चौबिस घण्टामा थप १३ जनाको कोरोना सक्रमितको मृत्यु भएको हो। 

थपसहित नेपालमा कुल मृतक संख्या १० हजार ९ सय ४९ पुगेको छ। हाल नेपालभरिमा २६ हजार ७ सय ५७ जना सक्रिय संक्रमित छन्। तीमध्येमा २ सय ६५ जनाको आइसियुमा उपचार भइरहेको छ। संक्रमण दर घटेसँगै अस्पतालमा रहेका बिरामीको संख्या पनि घटिरहेको तथ्यांकले औंल्याएको छ। गत चौबिस घण्टामा काठमाडाैँ उपत्यकामा पनि नयाँ संक्रमित संख्या घटेको छ। एक साता अघिसम्म दैनिक ५ सयभन्दा बढी संक्रमित संख्या रहेकोमा गत चौबिस घण्टामा २ सय ६५ जनामा मात्र कोरोना पुष्टि भएको छ।

प्रकाशित: २८ भाद्र २०७८ ०५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App