कोभिड रिपोर्ट अमान्य हुँदा लन्डन विमानस्थलमै रोकिए नेपाली (भिडियो)
करिव ७ महिना लकडाउनमा फसेर नेपाल फर्किने उत्साह बोकेर बुधवार लन्डनस्थित हित्रो विमान स्थलमा पुगेका राजविराजका शैलेन्द्रकुमार झालाई एयरलाइन्सका कर्मचारीले एकाएक निराश बनाइदिए।
करिव ७ महिना लकडाउनमा फसेर नेपाल फर्किने उत्साह बोकेर बुधवार लन्डनस्थित हित्रो विमान स्थलमा पुगेका राजविराजका शैलेन्द्रकुमार झालाई एयरलाइन्सका कर्मचारीले एकाएक निराश बनाइदिए।
राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले गति लिएको छ।
सर्वत्र चासोका रूपमा हेरिएको अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलको निर्माण कोभिड–१९ का कारण अझै लम्बिने भएको छ । कोभिड महामारीमा पनि निर्माण भने जारी थियो । कम जनशक्ति र कतिपय उपकरण नै ल्याउन नपाएपछि विमानस्थल निर्माण प्रभावित बनेको हो ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हुने उद्धार उडानका क्रममा एयरलाइन्स कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्दा कोरोना संक्रमणको जोखिम बढेको छ। कोरोना भाइरस महामारीका कारण सरकारले अहिले नियमित उडान बन्द गरेको छ। तर, सडक यातायात सुविधा नपुगेका पहाडी जिल्लाका लागि भने उद्धार उडान भइरहेका छन्। मापदण्डबिना उद्धार उडान गरिँदा विमानस्थलभित्र कोरोना संक्रमण जोखिम बढेको हो।
समाचार एजेन्सी पिटिआईका अनुसार मल्लपुरमका जिल्ला अधिकारी गोपालकृष्णनले दुर्घटनामा घाइते एक जनाको शनिबार मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको हो ।
भदौ १ गतेदेखि विराटनगर विमानस्थल सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगर विमानस्थलले आजपत्रकार सम्मेलन गरी भदौ १ गतेदेखि विमानस्थल सञ्चालनगर्न आवश्यक तयारी आन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सूविधा सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन् । शुक्रबार विमानस्थलको निरीक्षण गरेका मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेका पूर्वाधारको निर्माण कार्य सम्पन्न भइसकेकोले भदौ १ गतेदेखि नयाँ सेवा सूविधा सहित विमानस्थल सञ्चालनमा आउने बताएका हुन ।
कुल २२ अर्ब लागतमा निर्माण गर्न लागिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ६२ प्रतिशत सम्पन्न भएको छ । १० जुलाई २०२१ सम्ममा निर्माण सम्पन्न गर्ने भनेपनि हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको प्रभावपनि निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परेको विमानस्थल निर्माण आयोजना प्रमुख दिनेश मुनंकर्मीले बताए ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको प्रभाव निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि परेको छ । देशकै गौरवको रुपमा रहेको पोखरा विमानस्थल निर्माणमा लकडाउनको प्रभाव पर्दा निर्माण सम्पन्न हुने समयसीमा भन्दा ६ महिना अघि नै निर्माण सम्पन्न गरेर सरकारलाई बुझाउने लक्ष्य पूरा नहुने भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले विमानस्थल निर्माणका क्रममा स्थानीयलाई जग्गाको मुआब्जा दिलाई दिने भन्दै चार लाख घुस लिएका विमानस्थलका कर्मचारी सहित दुई जनालाई पक्राउ गरेको छ । गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र मतियारका रुपमा महेन्द्र प्रसाद यादवलाई मंगलबार दिउँसो एक बजे रंगेहात पक्राउ गरिएको हो ।
बन्दाबन्दीका कारण झण्डै चार महिनादेखि व्यावसायिक उडान ठप्प रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक उडान कहिले खुल्छ भन्ने यकिन छैन। विमानस्थलको आन्तरिकतर्फ दैनिक ३ सय भन्दा बढी उडान हुने नेपाली आकाश अहिले प्रायः खाली छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४१४ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।
निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको नहरको पानीको सहज निकास नहुँदा विजयपुर खोला किनारमा रहेको हिमालयन गल्फ कोर्षलाई क्षति पुर्याएको छ ।
दाङको तुलसीपुर –१२ स्थित टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने भएको छ। तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार एयरपोर्टमा अन्तरराष्ट्रियस्तरको पाइलट विषय अध्ययनका लागि सम्भाव्यता अध्ययन पूरा भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमितरुपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ।