२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

विमानस्थल सञ्चालनको तयारी

भदौ १ गतेदेखि विराटनगर विमानस्थल सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगर विमानस्थलले आजपत्रकार सम्मेलन गरी  भदौ १ गतेदेखि विमानस्थल सञ्चालनगर्न आवश्यक तयारी आन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।  

विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले भदौ १ गतेदेखि विमानस्थल सञ्चालनकालागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए । सिटौलाले माक्स,सेनिटराइजको प्रयोग अनिवार्य गर्ने, भौतिक दुरी कायम गर्नेलगायतका मापदण्ड पालन गरेर मात्रै विमानस्थल सञ्चालनमा ल्याइने जानकारी दिए । अन्तराष्ट्रिय उड्यन मापदण्डका अधारमा तयार पारिएको मापदण्ड अनुसारको स्वास्थ्य सजगता अपनाएरमात्रै विमानस्थल सञ्चालनमा ल्याइने सिटौलाले स्पष्ट पारे ।  

भदौ १ गते देखि विराटनगरबाट दैनिक काठमाण्डौंका लागि बुद्ध एयरलाइन्सको २, यतिको १, सौर्यको १ र श्री एयरलाइन्सले २ वटा फ्लाइट भर्ने सिटौलाले जानकारी दिए। सामान्य अवस्थामा विराटनगरबाट विभिन्न कम्पनीका विमानले  दैनिक १४ देखि १८ वटा सम्म उडान भर्ने गरेका थिए । कोरोना महामारी काकारण सरकारले लकडाउन गरेपछि गत चैत १२ गतेदेखि विराटनगर विमानस्थल पूर्ण रुपमा बन्दछ ।

प्रकाशित: २० श्रावण २०७७ १२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App