१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

लकडाउनले आयोजनाको काम करिब १३ प्रतिशत घट्यो

कुल २२ अर्ब लागतमा निर्माण गर्न लागिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ६२ प्रतिशत सम्पन्न भएको छ । १० जुलाई २०२१ सम्ममा निर्माण सम्पन्न गर्ने भनेपनि हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको प्रभावपनि निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलमा परेको विमानस्थल निर्माण आयोजना प्रमुख दिनेश मुनंकर्मीले बताए ।

कोरोनाका कारण पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम करीब १३ प्रतिशतले घटेको आयोजना प्रमुख मुनंकर्मीले बताए । विमानस्थल निर्माण गरिरहेको कम्पनी सिएएमसीले निर्माण सम्पन्न हुने समयसीमा भन्दा ६ महिना अघि नै निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई विमानस्थल हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको थियो ।

‘देशकै गौरवको रुपमा रहेको पोखरा विमानस्थल निर्माणको काम कोरोना र लकडाउनका कारण कार्य प्रगति खुम्चियो, समयसीमा भन्दा ६ महिना अघि नै निर्माण सकेर सरकारलाई विमानस्थल बुझाउन सक्दैनौं’ आयोजना प्रमुख मुनंकर्मीले भने । तर उनले सम्झौताको समयसीमा अर्थात २०२१ जुलाई सम्ममा भने निर्माण सक्ने लक्ष्यका साथ काम गरिरहेको बताए । सामान्य अवस्था रहेको भए गत असार मसान्त सम्ममा पोखरा विमानस्थलको निर्माण कार्य प्रगति करीब ७५ प्रतिशत पुग्थ्यो ।

खुशी 50%
दुखी 50%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App