coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘भदौ १ गतेदेखि नयाँ सेवा सूविधा सहित विमानस्थल सञ्चालनमा आउँछ’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सूविधा सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन् । शुक्रबार विमानस्थलको निरीक्षण गरेका मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेका पूर्वाधारको निर्माण कार्य सम्पन्न भइसकेकोले भदौ १ गतेदेखि नयाँ सेवा सूविधा सहित विमानस्थल सञ्चालनमा आउने बताएका हुन ।  

कोभिड १९ का कारण चार महिना सम्म विमानस्थल बन्द रहँदा धेरै पूर्वाधारहरू निर्माण भएको मन्त्री भट्टराईले बताए । उनले विमानस्थलको धावनमार्ग तीन सय मिटर बढाइएकाले अव अवतरण र उडान दुवैमा थप सुरक्षा कायम हुने बताए । त्यस्तै १५ सय क्षमताको प्रस्थान हल निर्माण गर्ने कार्य पनि सम्पन्न भइसकेको उनले बताए । लकडाउनको अवधिमा विमानस्थलमा पार्किङ स्थलहरू पनि थपिएका छन् ।  

जसले गर्दा आकासमा जहाज होल्ड गर्नुपर्ने अवस्थालाई केही हदसम्म कमगर्ने विश्वास समेत मन्त्री भट्टराईले बताए । यसअघि विमानस्थलमा जहाज पार्किङ कम हुँदा आकासमा जहाज होल्ड गर्नुपर्ने अवस्था रहेको थियो । विमानस्थलमा लगेज बेल्टहरू पनि थपिएका छन् । यस्तै समानान्तर ट्याक्सी वे निर्माण गर्ने, थप २२÷२३ वटा जहाज पार्किङ स्थल निर्माण गर्ने र नयाँ टर्मिनल भवनहरू निर्माण गरिने समेत मन्त्री भट्टराईले बताए । ‘अराइभल हलको निर्माण कार्यपनि सम्पन्न भइसकेको छ,’ उनले भने, ‘विमानस्थलका अधिकांश पूर्वाधार निर्माण भएकाले विमानस्थलमा आउने पर्यटक र नेपाली नागरिकले नयाँ अनुभुति गर्न पाउने छन् ।’

सरकारले भदौ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । त्यसैले विमानस्थलको अवस्था निरीक्षण गर्न मन्त्री भट्टराई विमानस्थल पुगेका हुन्। उनले भौतिक दुरी कायम गरी विमानस्थल सञ्चालन गर्ने सम्बन्धमा आवस्यक तयारी पुरागर्न विमानस्थल प्रशासनलाई निर्देशन दिएको समेत बताउँछन्। विमानस्थले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर प्रस्थान हललाई आधा क्षमतामा मात्रै उपायोग गरी सञ्चालन गर्ने योजना बनाएको छ । 

प्रकाशित: १६ श्रावण २०७७ १५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App