१६ चैत्र २०८० शुक्रबार
समाज

संक्रमणको जोखिममा विमानस्थल

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हुने उद्धार उडानका क्रममा एयरलाइन्स कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्दा कोरोना संक्रमणको जोखिम बढेको छ। कोरोना भाइरस महामारीका कारण सरकारले अहिले नियमित उडान बन्द गरेको छ। तर, सडक यातायात सुविधा नपुगेका पहाडी जिल्लाका लागि भने उद्धार उडान भइरहेका छन्। मापदण्डबिना उद्धार उडान गरिँदा विमानस्थलभित्र कोरोना संक्रमण जोखिम बढेको हो।  

विमानस्थलभित्र काउण्टरमा याीडभाड हुने, सामाजिक दूरी कायम नहुने, मार्किङ पालना नगर्र्ने, कर्मचारीले स्वास्थ्य सामग्री प्रयोग नगर्दा जोखिम बढेको कार्यालयले जनाएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुर विमानस्थल भित्रको पछिल्ला गतिविधिले संक्रमणको जोखिम बढाएको बताउँछन्। ‘नेपालगन्ज बजार क्षेत्रमा जताततै संक्रमण देखा परिरहेको छ, बजारबाट यात्रुको त्यत्रो आवत–जावत छ, उनले नागरिकसँग भने, ‘त्यत्रो एयरलाइन्सको स्टाफ छन्, हाम्र्रै स्टाफ पनि छन्, सुरक्षाकर्मी, कार्गो व्यवसायी, आयल निगम र थुप्रै एजेन्सी यहाँ छन्, यसले  गर्दा विमानस्थलमा संक्रमणको जोखिम छ।

विमानस्थलभित्र कोरोना संक्रमणको जोखिम बढिरहेका बेला सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने दुईवटा एयरलाइन्स कम्पनी कारबाहीमा परिसकेका छन्। कार्यालयले उनीहरूको उद्धार उडान रोकिदिएको छ। प्राधिकरणले केही दिनअघि समिट र सीता एयरको उडान रोकिदिएको थियो। मापदण्ड पालना गर्न पटक–पटक गरिएको निर्देशन अटेरी गरेपछि दुवै कम्पनीको उद्धार उडान रोकिदिएको कार्यालयले प्रष्ट्याएको छ। प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालयले उडान रोकिदिएपछि एयरलाइन्स कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने पुनः प्रतिबद्धता दोहो¥याएको र ती कम्पनीलाई उडान भर्न अनुमति दिइएको प्रमुख ठाकुरले बताए।  

उनका अनुसार नेपालगन्ज विमानस्थलबाट सिता, तारा र समिट एयरलाइन्सले डोल्पा, सिमिकोट, बाजुरा र राराका लागि दैनिक रूपमा यात्रु र कार्गो उडान भरिरहेका छन्। यसका लागि यात्रुको पिसिआर जाँच रिपोर्ट र गृह मन्त्रालयको सिफारिसपत्र अनिवार्य हुनुपर्ने व्यवस्था रहेको विमानस्थल कार्यालयका प्रहरी इन्चार्ज(सई) सन्तोष शाहले बताए।  

‘विमानस्थलभित्र यात्रुलाई प्रवेश गर्न दिनुभन्दा पहिले हामीले गृह मन्त्रालयको पास र पिसिआर रिपोर्ट अनिवार्य रूपले हेर्ने गरेका छौं,ु उनले भने, ‘कार्गो उडानमा खाद्यान्न, स्वास्थ्य र निर्माण सामग्री गइरहेको छ।ु सामान्य अवस्था हुँदा विमानस्थलमा दैनिक एक हजारदेखि १ हजार ५ सयको हाराहारीमा मानिसको आवत–जावत हुने गरेकोमा अहिले संख्या अत्यन्तै न्यून रहेको इन्चार्ज शाहले बताए।  

विमानस्थलमा कोरोना संक्रमण हुन नदिन कार्यालयले विभिन्न सावधानी अपनाउने गरेको जनाएको छ। तर, सावधानीबीच पनि संक्रमणको जोखिम भने कायमै रहेको कार्यालयका कर्मचारी बताउँछन्। प्रमुख ठाकुरका अनुसार विमानस्थलभित्र प्रवेश गर्ने सबैलाई मास्क र स्यानिटाइजर अनिवार्य रूपमा प्रयोग गर्न लगाइएको छ। ‘विमानस्थलको गेटमै हात धुन ट्यांकी र साबुन पानीको व्यवस्था गरिदिएका छौं, टर्मिनलभित्र पनि साबुनपानीको व्यवस्था छ, बेला–बेलामा एयरपोर्ट नै स्यानिटाइज गर्छौं,ु ठाकुरले भने।  

दुर्गम पहाडी जिल्लामा उद्धार उडानका लागि सम्बन्धित जिल्लाका सिडिओसँग समन्वय भइरहेको उनले सुनाए। विमानस्थल कार्यालयले यात्रुका लागि अहिले पिसिआर रिपोर्ट अनिवार्य हुनुपर्ने नियम लागु गरेपछि धेरै यात्रु अन्यौलमा छन्। अलपत्र यात्रुहरू अचेल दैनिक रूपमा विमानस्थलको गेटमा जम्मा हुने गर्छन्। यसअघि आरडिटी रिपोर्ट पेश गर्ने गरेका यात्रुले पिसिआर रिपोर्ट बुझाउन सकेका छैनन्।  

आरडिटी रिपोर्ट पेश गरेर केहीदिन अघि नेपालगन्ज आएका बाजुराका पत्रकार छक्क मल्लले पिसिआर रिपोर्ट अनिवार्य गरेपछि धेरै यात्रु अलपत्र परेको सुनाए। ‘पहाडबाट प्रायः औषधि उपचारको लागि मानिस नेपालगन्ज आएका छन्, घर फर्किनका लागि उनीहरूसँग पिसिआर रिपोर्ट छैन,ु मल्लले भने, ‘सरकारी ल्याबमा पहुँच नपुग्ने, प्राइभेटमा धेरै खर्चिलो रहेछ, त्यसकारण सबैसँग रिपोर्ट छैन, एकदमै अन्यौलको स्थिति छ।’  उड्न नपाएका थुप्रै व्यक्ति नेपालगन्जमा अलपत्र परेको उनले बताए।

प्रकाशित: २ भाद्र २०७७ ०३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App