२० वैशाख २०८१ बिहीबार
image/svg+xml

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड १५ लाख

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

पोखरामा समयमै घाटको ठेक्का नहुदाँ आन्तरिक राजस्वमा कमी

पोखरा महानगरपालिकाले आन्तरिक स्रोतका रुपमा रहेको घाट (नदीजन्य बस्तु) सञ्चालन गर्न नसक्दा लक्ष्य अनुसार आन्तरिक राजस्व उठाउन सकेकाे छैन्।

पोखरा महानगरपालिका १३ औं नगरसभा: तीन तला माथिको भवनमा अग्नी नियन्त्रण प्रणाली अनिवार्य

पोखरा महानगरपालिकाले तीन तला भन्दा माथिका भवनमा अग्नी नियन्त्रण प्रणाली जडान गर्नुपर्ने उल्लेख गरेको छ।

पोखरामा चट्याङ लागेर एकको मृत्यु

पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका-२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

दहत्तरबहत्तर संकलनका लागि एक महिनाभित्र टेन्डर गर्न निर्देशन

दहत्तरबहत्तर नियमित उत्खनन नहुँदा राजस्व संकलनमा समस्या आएको निश्कर्ष निकाल्दै समितिले आगामी दिनमा नियमित रूपमा दहत्तरबहत्तर उत्खननको वातावरण मिलाउन महानगरलाई निर्देशन दिएको छ, जसका लागि समितिले तत्काल टेन्डर आह्वान गर्न भनेको छ।

२ सय ४० जनालाई उद्यमशिलता तालिम दिँदै पोखरा महानगर

पोखरा महानगरपालिकाले २ सय ४० जनालाई विभिन्न सीप तथा व्यवसायिक उद्यमशिलता तालिम प्रदान गर्ने भएको छ। महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगतको व्यावसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा विभिन्न १० क्षेत्रका २ सय ४० जनालाई सीप तथा व्यवसायिक उद्यमशिलता तालिम प्रदान गर्न लागिएको हो।

आर्थिक वर्षको योजना बनाउन पोखरा महानगरको बैठक

नयाँ आर्थिक वर्ष २०८०/८१ स संघारमा रहँदा पोखरा महानगरपालिकाले सबै वडामा योजना बनाउन बैठक शुरु गरेको छ। महानगर प्रमुख धनराज आचार्यले वडा नम्बर २५ बाट आर्थिक वर्षको योजना तर्जुमा बैठक शुभारम्भ गरेका छन्। बैठक सबै वडामा गरिने महानगरले जनाएको छ।

महानगर वडास्तरीय टेबल टेनिसमा ९ नम्बर च्याम्पियन

महानगर वडास्तरीय टेबल टेनिस प्रतियोगितामा पोखरा महानगरपालिका– ९ च्याम्पियन बनेको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय टेबल टेनिस प्रतियोगितामा महिला सिंगल्समा ९ की तृषा गुरुङ प्रथम, ९ कै मुना थापा द्वितीय र वडानम्बर ७ की पद्मा थापा द्वितीय तथा वडा नम्बर ४ की सिजल बानियाँ तृतीय भए।

न्यून लागतका एकसय घर बनाउन त्रिपक्षीय सम्झौता

पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिलाई लक्षित गरी न्यून लागतका एकसय वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ। पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैंक बीचमा महानगर क्षेत्रभित्र एकसयवटा नयाँ व्यवस्थित घर निर्माण गर्ने सम्झौता गरिएको हो।

आलु महोत्सवमा पाँच करोड रुपैयाँको आलु बिक्री

आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव पाँच करोड रुपैयाँ बराबरको कारोबार गर्दै सम्पन्न भएको छ।

सशस्त्र प्रहरीको गोताखोरले बालिकालाई निकाल्यो २०० मिटर गहिराईबाट

कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसी अड्कीएकी एक जना बालीकालाई सशस्त्र प्रहरीले निकालेको छ।

पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क

पोखराको मुख्य बजार क्षेत्र रहेको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण सुरु भएको छ।

हिमाल सफाइ टोलीलाई महानगरको सहयोग

अन्नपूर्ण हिमाल सफाइ गर्न जाने नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाले १५ लाख रूपैयाँ सहयोग गर्ने भएको छ।

चैत अन्तिम साता पोखराको हेमजामा ‘आलु महोत्सव’

आलु गाँउको रुपमा परिचित पोखरा महानगरपालिका–२५ हेमजामा आगामी चैत २६ गतेदेखि आलु महोत्सव आयोजना हुदैं छ। ११ औं संस्करणको महोत्सवमा आलुका विभिन्न प्रकारका परिकार खाने अवसर समेत सर्वसाधारणले पाउने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्