१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

महानगर वडास्तरीय टेबल टेनिसमा ९ नम्बर च्याम्पियन

क्याप्शन

महानगर वडास्तरीय टेबल टेनिस प्रतियोगितामा पोखरा महानगरपालिका– ९ च्याम्पियन बनेको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय टेबल टेनिस प्रतियोगितामा महिला सिंगल्समा ९ की तृषा गुरुङ प्रथम, ९ कै मुना थापा द्वितीय र वडानम्बर ७ की पद्मा थापा द्वितीय तथा वडा नम्बर ४ की सिजल बानियाँ तृतीय भए।  

महिला डबल्समा वडानम्बर ९ कै तृषा र मुनाको जोडी प्रथम, वडानम्बर ४ का सक्रिया पोखरेल र सिजल बानियाँ द्वितीय भएको आयोजकले जनाएको छ। वडा नम्बर ७ का पद्मा थापा र सानिया श्रेष्ठ, वडा नम्बर २३ का एलिना श्रेष्ठ र राजश्री अधिकारीको जोडी तृतीय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए।  

पुरूष सिंगल्समा वडा नम्बर ९ का सुमेश लामा प्रथम, वडा नम्बर १७ का किसन जिसी द्वितीय, वडानम्बर १५ का रुपबहादुर गुरुङ र वडा नम्बर १७ का प्रितम गुरुङ तृतीय भए। पुरुष डबल्समा वडा नम्बर १७ का किसन जिसी र प्रितम गुरुङको जोडी प्रथम, वडा नम्बर १५ का दीपकराज गिरि र रुपबहादुर गुरुङ द्वितीय हुन सफल भए। वडा नम्बर १४ का नवीन गुरुङ र दिपनिशान शाही, वडा नम्बर ९ का सुमेश लामा र अनुश कुँवरको टोली तृतीय भएको कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष एवं खेल संयोजक उत्तम जोशीले जानकारी दिए।  

महिला सिंगल्स, महिला डबल्स, पुरुष सिंगल्स र डबल्स गरी चारविधामा प्रतिस्पर्धा गराईएको थियो।  प्रतियोगितामा १७ वटा वडाका ४९ जना खेलाडी सहभागी थिए। कास्की जिल्ला टेबल टेनिस संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ३७ पुरूष र १२ महिलाले प्रतिस्पर्धा गरेका थिए।  प्रतियोगितामा सिंगलतर्फ प्रथम हुनेले मेडल, प्रमाणपत्रसहित ५ हजार रूपैयाँ, द्वितीय हुनेले २ हजार ५ सय रूपैयाँ र तृतीय हुने दुईजनाले १ हजार २५० रूपैयाँ पाए।

डबल्सतर्फ पनि मेडल, प्रमाणपत्रसहित प्रथम हुनेले ७ हजार रूपैयाँ, द्वितीय हुनेले ३ हजार ५ सय रूपैयाँ र तृतीय हुने दुई जनाले १ हजार ७५० रूपैयाँ प्राप्त गरे। पुरूषतर्फ वडा नम्बर ४ का अविशेष गौचन र महिलातर्फ सोही वडाकी सिजल बानियाँ उदयीमान खेलाडी घोषित भए। विजेतालाई पोखरा महानगरपालिकाका कार्यबहाक प्रमुख मोतिलाल तिम्सिना, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, खेलकुद विकास समिति अध्यक्ष दीपक गोदार, कास्की जिल्ला टेबल टेनिस संघ अध्यक्ष उत्तम जोशीलगायतले पुरस्कार वितरण गरेका थिए।  

प्रकाशित: १२ वैशाख २०८० १०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App