९ मंसिर २०८१ आइतबार
image/svg+xml

नेता र जनप्रतिनिधिबाटै निषेधाज्ञा उल्लंघन

बजारतिर केही दिनयता कोभिड संक्रमण नियन्त्रणोन्मुख देखिए पनि गाउँघर तिर अझै संक्रमण फैलिने क्रम कायमै रहेका बेला उदयपुर निर्वाचन क्षेत्र नं. १ का सांसद डा. नारायण खड्का उद्घाटन र पार्टी कार्यक्रम गर्दै हिड्नुले जिल्लाबासी खिन्न देखिएका छन्।

सिमानामा सशस्त्र प्रहरीको आडभरोसा

‘सशस्त्र प्रहरीको क्याम्प बसेपछि सिमानामा आड भरोसा भएको छ। यो हाम्रो लागि गौरबको बिषय पनि हो’ फालोटका चौरीपालक चन्द्रलाल नेपाल भन्छन् ‘सिमा सुरक्षा, जैविक विविधताको संरक्षण हुन थालेको छ।’

अवैध दोहनमा प्रयोग भएको एक्जाभेटर छुटाउन जनप्रतिनिधि सक्रिय

रौतहटको बागमती नदीमा विभिन्न ठाउँमा अवैध उत्खनन गरिरहेका एक्जाभेटरलाई प्रहरीले नियन्त्रणमा लिएपछि जनप्रतिनिधिहरु छुटाउन सक्रिय भएका छन् । वृन्दावन र गढीमाई नगरपालिकाका जनप्रतिनिधिहरु नदीमा अवैध दोहन गरिरहेका एक्जाभेटर तथा तिनका चालकलाई छुटाउन पहल गरिरहेका छन् ।

बुटवलका जनप्रतिनिधिको अस्पतालमा बेड नपाउँदा एम्बुलेन्समै मृत्यु

रुपन्देहीका एकजना जनप्रतिनिधिको अस्पतालमा बेड नपाएर उपचार अभावमा एम्बुलेन्समै मृत्यु भएको छ ।

जनप्रतिनिधिको सेवा सुविधा कोरोना कोषमा

सोमबार गाउँपालिका अध्यक्ष अंगदकुमार रानाको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले एक महिनाको सेवा सुविधा कोरोना संक्रमितको व्यवस्थापनका लागि स्थापना गरिएको कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

कार्यालय ठप्प पारी अन्नपूर्णका जनप्रतिनिधि र कर्मचारी मुस्ताङ भ्रमणमा

नेपाली समाजमा एउटा उखान लोकप्रिय छ, ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर ।' गर्नुपर्ने काम एउटा छ, अर्कै काम गर्नेलाई त्यस्तो उखानले सम्बोधन गर्ने चलन छ । त्यस्तै भएको छ म्याग्दीको एक गाउँपालिकामा ।

निर्माणाधीन हेटौडा–सिन्धुली–चतरा राजमार्गमा राजनीतिक दल र जनप्रतिनिधिको अवरोध

निर्माणाधीन हेटौडा–सिन्धुली–चतरा (मदन भण्डारी राजमार्ग) सडकको निर्माण कार्य अन्योल भएको छ ।

‘प्रदेशको नामकरण हुन नसक्दा लाज भयो’

निर्वाचित जनप्रतिनिधिका रूपमा नागरिकले प्रदेशको नामकरणको विषयमा सोध्ने गरेको प्रदेश सांसद राईले बताए। ‘लाजगाल भइसक्यो। हामीलाई धेरै मान्छेले प्रश्न सोधिरहेका छन्। जनप्रतिनिधिको हिसाबले उहाँलेहरूले प्रश्न राख्नु सान्दर्भिक पनि हो,’ सांसद राईले भने, ‘प्रदेशको नामकरणको विषयलाई मैले अत्यन्तै गम्भीरताका उठाइरहेको छु।

विपद् व्यवस्थापनमा जुट्दै जनप्रतिनिधि

भूकम्प, आगलागी, महामारी, कोरोना भाइरस लगायतका विपद् आउँदा पर्याप्त पूर्वतयारी नहुँदा समस्या भएको भन्दै विपद् व्यवस्थापनमा जुटेका हुन्। विपद् पूर्व तयारी र प्रतिकार्यसम्बन्धी जनप्रतिनिधिलगायत सरोकारवालाहरूले तालिम लिएर वडास्तरसम्म विपद् व्यवस्थापनका योजना बनाउन थालेको दशरथचन्द नगरपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन विनोदबहादुर चन्दले बताए।

विपद् व्यवस्थापनमा जुट्दै जनप्रतिनिधि

स्थानीय तहमा विपद् पूर्व तयारीका योजना नहुँदा विपद्को समयमा समस्या पर्ने भन्दै दशरथचन्द नगरपालिकाका जनप्रतिनिधि विपद् व्यवस्थापनमा जुटेका छन्। भूकम्प, आगलागी, महामारी, कोरोना भाइरस लगायतका विपद् आउँदा पर्याप्त पूर्वतयारी नहुँदा समस्या भएको भन्दै विपद् व्यवस्थापनमा जुटेका हुन्।

सुविधाभोगी जनप्रतिनिधिबाट जनता निरास

कर्णाली भित्रिने मुख्य नाका सुब्बाकुनामा प्रहरीले महिना दिनअगाडि घाँस राखिएको अवस्थामा सरकारी गाडी नियन्त्रणमा लिएको थियो । त्यो गाडी कर्णाली प्रदेशसभाअन्तर्गत अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको रहेको बताइएको छ ।

जनप्रतिनिधि-कर्मचारीबीच समन्वय नहुँदा अस्तव्यस्त गाउँपालिका

स्थानीय तह अर्थात गाउँका सिंहदरबार। उनीहरुका काम जनपक्षीय छन्? संविधानको मर्म र भावनाअनुरुप छ? केहीले राम्रो काम गरेका पनि छन्। तर, जनप्रतिनिधि र कर्मचारीबीच समन्वय नहुँदा कतिपयको अवस्थामा भने लथालिङ्ग छ।

एक सयभन्दा बढी जनप्रतिनिधि कोरोना संक्रमित

कोरना नियन्त्रण, रोकथाम र यससम्बन्धी व्यवस्थापनमा खटिएका जनप्रतिनिधहरू आफैं कोरोनाबाट संक्रमति हुन थालेका छन्।

जनप्रतिनिधि कि स्वार्थका निधि ?

नामै जनप्रतिनिधि। त्यसैले उनीहरू आफूले प्रतिनिधित्व गर्ने जनता जस्ता छन् त्यस्तै हुनुपर्ने हो। अहिले सर्वसाधारण कोरोना आक्रमित अर्थतन्त्रको सिकार भएका छन्। सोझो अर्थमा भन्दा धेरै नेपालीको यतिबेला हरिबिजोग छ। तर यति नै बेला आफूलाई उनीहरूभन्दा विशेष ठानेर सुविधा बढाउन लागिपर्नु जनप्रतिनिधिको काम हुनै सक्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्