४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रदेश १ को नीति तथा कार्यक्रम आज

प्रदेश १ को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुने भएको छ। आज दिउँसो ३ बजे प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले प्रदेश १ सरकारको ०७८/७९को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले घोषणा गरे ‘नीति तथा कार्यक्रम’: निर्वाचन केन्द्रित बजेटको संकेत

सरकारले प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै आर्थिक वर्ष २०७८/७९ का लागि महत्वाकांक्षी बजेट ल्याउने संकेत गरेको छ।

लकडाउनमा पूर्वाधारका काम

नगरपालिकाले ३ वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । यस वर्ष कोभिड–१९ को संक्रमणका कारण जीवनरक्षा, जनस्वास्थ्य, शैक्षिक विकास तथा सुधार, सेवा क्षेत्र र उत्पादनमा आधारित अनुदान एवं उद्यमशीलतालाई विशेष प्राथमिकतामा राखेको बताइएको छ ।

सूर्याेदयको बजेट दिगो विकास लक्ष्यतर्फ

पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले चालू आर्थिक वर्ष ०७७/७८ का लागि दिगो विकासको लक्ष्यमा केन्द्रित बजेट, नीति तथा कार्यक्रम घोषणा गरेको छ।

दिगो विकास लक्ष्यतर्फ सूर्याेदयको बजेट

पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले चालू आर्थिक वर्ष २०७७/०७८ का लागि दिगो विकासको लक्ष्यमा केन्द्रित बजेट, नीति तथा कार्यक्रम घोषणा गरेको छ । ‘सबै नगरबासीलाई सँगसँगै हिँडाउने’ प्रतिज्ञासहित नगरले ‘सूर्याेदय नगरपालिकाको समृद्धता : प्रांगारिक कृषि, पर्यापर्यटन र आर्थिक समानता’लाई आफ्नो मुख्य नीति बनाएको छ ।

खेलाडीहरुको हौसला प्रदान गर्न पुरस्कार र सम्मान

पोखरा महानगरपालिकाले महानगरको प्रतिनिधित्व गर्ने खेलाडीहरुको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गरिने नीति लिएको छ । प्रदेश सरकारले पनि गत मंसिरमा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने जनाएको छ ।

दुई वर्षमा महानगरभित्रका सडकलाई नमुना सडक बनाइने

पोखरा महानगरपालिकाले महानगरभित्रका सडकलाई २ वर्ष भित्रमा नमुना सडकको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । मेयर नमुना पूर्वाधार योजना कार्यक्रमलाइ निरन्तरता दिँदै सडकलाई नमूना बनाउने अभियानलाई सार्थकता दिने योजनासहित महानगरपालिकाले आफनो नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ ।

एकमतले पारित भयो नीति तथा कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको सातौं नगरसभाको बैठकले नगरपालिकाको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ।

कोभिड प्रभावित व्यवसायीलाई करमा सहुलियत

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममार्फत कोभिड १९ बाट प्रभावित महानगरभित्र सञ्चालित होटल, रेस्टुराँ, सपिङ मल, डे/नाइट मार्केट लगायत अन्य व्यापार, व्यवसायलाई विशेष सहुलियत दिने नीति अघि सारेका छन् ।

नीति तथा कार्यक्रमका लागि परामर्श लिँदै गाउँपालिका

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि परामर्श तथा सुझाव संकलन सुरु गरेको छ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई चुस्तदुरुस्त र फलदायी बनाउनका लागि गाउँपालिकाले राजनैतिक दल, पूर्वनिर्वाचित जनप्रतिनिधि, बौद्धिक वर्ग, शिक्षक, अगुवा कृषक, गैर–सरकारी संघसंस्था, पत्रकार लगायतसँग अन्तरक्रीयाका माध्यमबाट आवश्यक राय सुझाव संकलन सुरु गरेको हो ।

प्रदेश सरकारको लाचारी, योजना बनाउँदै पन्छ्याउँदै

पहिले घोषणा गरेका धेरै महत्वाकांक्षी र रणनीतिक महत्वका योजनाहरु यसपटकको प्रदेश १ सरकारको नीति तथा कार्यक्रमबाट गायब भए। कोरोना कहरले निम्त्याएको आर्थिक संकटका कारण यसपटक योजनाविद्हरुदेखि अर्थशास्त्रीहरुसम्मले ठूला र महत्वाकाक्षी आयोजना नल्याउन दिएको सुझाव प्रदेश र संघ दुवै सरकारका लागि योजना पन्छाउने सजिलो उपाय बनेको छ।

नीति तथा कार्यक्रम निर्माणमा गाउँपालिका

खोटाङको खोटेहाङ गाउँपालिका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एबं योजना निर्माणमा जुटेको छ । आर्थिक वर्ष २०७७/०७८ का लागि गाउँपालिकाले विषयगत समिति र सरोकारवालासँग अन्तरक्रीया गर्दै नीति तथा कार्यक्रम एबं योजनालाई अन्तिम रुप दिने तयारी थालेको हो ।

प्रदेश १ संसदमा समाजवाद ल्याउने कार्यक्रमको खोजी

प्रदेश १ सरकारले गएको शुक्रबार संसदमा पेश गरेको २२४ बुँदा लामो वार्षिक नीति तथा कार्यक्रमको ३४ नम्बर बुँदामा यही नीति कार्यक्रमको बलमा 'समाजवादको आधार निर्माणमा जोड दिने' उल्लेख छ । तर, समाजवादको आधार निर्माणबारे मौनप्रायः नीति कार्यक्रममा कुन त्यस्ता कार्यक्रम समेटिएका छन् , जसले समाजवादको आधार निर्माण गर्छ ?

वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने

वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा शिक्षालाई विशेष जोड दिने भएको छ । प्रदेश सरकारले प्रदेश विश्वविद्यालय सञ्चालनको कानूनी तथा संस्थागत संरचना व्यवस्था गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी तयारी थालेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

वाग्मती प्रदेशले स्वास्थ्यलाई प्राथमिकता दिने

वागमती प्रदेशको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा प्रदेशको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। कोरोनाले महामारीको रूप लिएपछि वाग्मती सरकारले बजेटमा समावेश गर्न यस्तो नीति तथा कार्यक्रम ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्