६ वैशाख २०८१ बिहीबार
खेल

खेलाडीहरुको हौसला प्रदान गर्न पुरस्कार र सम्मान

पोखरा महानगरपालिका नीति तथा कार्यक्रम

पोखरा महानगरपालिकाले महानगरको प्रतिनिधित्व गर्ने खेलाडीहरुको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गरिने नीति लिएको छ । प्रदेश सरकारले पनि गत मंसिरमा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने जनाएको छ । महानगरपालिकाले पनि अब खेलाडीलाई हौसला प्रदान गर्न सम्मान एवं पुरस्कारको व्यवस्था गर्ने उल्लेख गरेको हो । सम्मान तथा पुरस्कारको लागि महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेटमा समावेश गरिने छ ।  

खेलकुदको विकास गर्ने खेलकुद कानूनलाई समय सापेक्ष बनाउने नीति लिएको छ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद विकास ऐन २०७५ ल्याएपछि प्रदेश, जिल्ला र स्थानीय तह(नगरपालिका तथा महानगरपालिका)मा खेलकुद ऐन तर्जुमा गर्नुपर्ने देखिएको छ ।  

संघीय मन्त्रालयले ल्याएको ऐन अनुसार प्रदेश तथा जिल्ला एवं स्थानीय तहले आफनो खेलकुद ऐन आफैले तर्जुमा गर्न सक्ने प्रावधान छ । त्यही अनुसार प्रदेशले पनि आफनो नीति तथा कार्यक्रम एवं बजेटमै प्रदेश खेलकुद विकासको लागि प्रदेश खेलकुद ऐन तर्जुमा गर्ने उल्लेख गरिसकेको छ । पोखरा महानगरपालिकाले पनि स्थानीयस्तरमा खेलकुदको विकास गर्न कानूनलाई समय सापेक्ष बनाउने उद्घोष महानगरपालिकाको बुधबार सार्वजनिक नीति तथा कार्यक्रम मार्फत मेयर मानबहादुर जिसीले बताए ।  

ऐन तर्जुमा नहुदाँ प्रदेश एवं जिल्ला तथा महानगरीय खेलकुद विकास समिति गठन हुन सकेको छैन । प्रदेश तथा जिल्ला एवं स्थानीय तहमा खेलकुद विकास समिति गठन झण्डै डेढवर्षदेखि हुन सकेको छैन् । गतवर्षको जेठमै कार्यकाल टुंगिएपछि रिक्त रहेको खेलकुद विकास समितिले पूर्णता पाउन सकेको छैन् । प्रदेश, जिल्ला खेलकुद विकास समिति गठन नहुँदा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव तथा बोर्ड सदस्यहरुले नै अनुगमन गर्दै आएका छन् ।  

यसै वर्षको फागुनमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना हुँदै छ । आवश्यक केही पूर्वाधार तयार पार्नुपर्ने अवस्था छ । स्वीमिङ तथा सुटिङ रेन्जको पूर्वाधार निर्माणको खाँचो छ । पोखरा महानगरलाई खेलकुद सहरका रुपमा विकास गर्न नेपाल सरकार र प्रदेश सरकारको सहकार्यमा राष्ट्रिय, स्थानीय र अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधार निर्माण र भएका पूर्वाधारको स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख गरेको छ । पोखरा महानगरपालिका भण्डारढीकस्थित बहुउद्देश्यीय कभर्ड हल निर्माणको लागि असारकै पहिलो साता २५ लाख रुपैयाँको काम हुने गरी सम्झौता गरिएको छ । महानगरपालिकाले त्यस कभर्ड हलको लागि यसै चालु आवको लागि १ करोड रुपैयाँ छुट्टाएको थियो ।  

स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न प्रोत्साहन तथा सहजीकरण गरिने छ । एक वडा एक खेल मैदानलाई निरन्तरता दिइने छ । महानगरपालिकाले पोखरा–२० भलाम मौजामा १७ सय मिटरको उचाईमा फुटबल मैदान निर्माणको योजनासहित काम अघि बढाईसकेको छ । त्यसको लागि समेत बजेट विनियोजन गरेको छ । 

प्रकाशित: १० असार २०७७ ०८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App