coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई वर्षमा महानगरभित्रका सडकलाई नमुना सडक बनाइने

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम

पोखरा महानगरपालिकाले महानगरभित्रका सडकलाई २ वर्ष भित्रमा नमुना सडकको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । मेयर नमुना पूर्वाधार योजना कार्यक्रमलाइ निरन्तरता दिँदै सडकलाई नमूना बनाउने अभियानलाई सार्थकता दिने योजनासहित महानगरपालिकाले आफनो नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ ।  

महानगरले ८ वटा पुलमध्ये चारवटा सञ्चालनको तयारीमा रहेको उल्लेख गर्दै आर्थिक वर्ष २०७७/७८ मा चारवटा पुलको संरचना तयार गर्ने गरी भूमीगत संरचना निर्माण पुरा गर्ने लक्ष्य लिएको छ । सडक पूर्वाधार तथा पुल निर्माण गर्न ७२ करोड रुपैयाँ चालु आर्थिक वर्षमा छुट्टाएको थियो । ती पूर्वाधार तयार गर्न आवश्यक बजेट तर्जुमा गर्ने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए ।  

पोखरा महानगरपालिका पूर्वाधार कार्यालय कास्की र सडक विभाग गरी ४० करोड रुपैयाँकाे लागतमा अस्फाल्ट कंक्रिट गर्नका लागि टेन्डर प्रक्रिया सकिएर काम सुरु हुने चरणमा पुगेको महानगरपालिकाले उल्लेख गरेको छ । मेयर नमुना सडक निर्माण अन्तर्गत पोखरा वडा न १७ को बिरौटादेखि तीनकुनेसम्म (आरटिओ) सडक, वडा नम्बर १० को राममार्ग सडक निमार्ण भइरहेको छ । चालू आर्थिक वर्षमा १७ किमि कालोपत्र (पिच) ७० किमि ग्राभेल ९.११ किमी बाटो ढलान, १२ किमि बाटो स्तरोन्नति, ३ दशमलव ५ किमि नाला निमार्ण, ४१ दशमलव ५ किमि फुटट्राक निर्माण, ५ किमि ढल तथा नाली निर्माण र २ दशमलव ५ किमि खानेपानी पाइपलाइन विस्तार गरिएको मेयर जिसीले बताए ।  

लामो समयदेखि बहसको विषय बन्दै आएको बसपार्क निर्माणलाई महानगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ । पोखरा महानगरक्षेत्र भित्र एकीकृत यातायात व्यवस्थापन नीति लिँदै क्षेत्रीय बसपार्क निर्माण कार्यमा जोड दिइने उल्लेख छ । पोखरामा बन्दै गरेको पर्यटक बसपार्क निर्माण कार्यलाई सम्पन्न गर्न समन्वय गर्दै पृथ्वीचोकमा सिटी बस टर्मिनल निर्माण गरिने योजना छ । पोखरालाई पर्यटकीय तथा व्यापारीक केन्द्रको रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्दै लैजाने लक्ष्य समेत महानगरपालिकाको छ । आवश्यकता अनुसार सडक स्तरोन्नति गर्दै ट्राफिक लाइट, पार्किङ तथा सर्भिस स्टेसन, चार्जिङ स्टेसन, पैदल मार्ग निर्माण गर्दै लगिने नीति छ ।  

महानगरपालिकाले उज्यालो पोखरा कार्यक्रमलाई निरन्तरता दिदैं सोलार बत्ती मर्मत गर्ने कार्य नेपाली विद्युत प्राधिकरणसँगको सहकार्यमा गरी स्मार्ट सडक बत्तीको व्यवस्थापन गर्ने कार्य अगाडि बढाइएको छ । महेन्द्रपुल पृथ्वीचोक, सभागृहचोक लगायतका स्थानमा ट्राफिक लाइट व्यवस्थापनको लागि आवश्यक सर्भे डिजाइन सम्पन्न भइसकेको मेयर जिसीले सुनाए ।  लाईट जडानको लागि बोलपत्र समेत आह्वान गरिएको नीति तथा कार्यक्रम मार्फत जानकारी गराए ।  

पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल समयमै सञ्चालन गर्न आवश्यक सहयोग गर्दै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइड र बेगनास क्षेत्र जोड्नको लागि फास्टट्रयाक निर्माण  गरिनेछ । विश्व बैंकको सहकार्यमा तालचोक बेगनास सडकलाई नमुना सडकको रुपमा विकास गरिने छ । गाउँसहर जोड्ने पहुँच सडक निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने नीति लिँदै मुख्य सहरी क्षेत्रमा ओभरहेड र सबवे संरचना निर्माण गरिँदै लैजाने योजनालाई समेत समेटिएको छ ।  मेयर नमुना पूर्वाधार योजना कार्यक्रमलाइ निरन्तरता दिँदै महानगरभित्रका सडकलाई २ वर्ष भित्रमा नमुना सडकको रुपमा विकास गरिने छ ।  

महानगरका सबै ३३ वटै वडाहरुलाई एक आपसमा स्तरीय सडक सञ्जालबाट जोड्ने लक्ष्य राखियता पनि यस आर्थिक वर्षमा कोरोना महामारीको कारण लक्ष्य प्राप्ति हुन नसकेता पनि आगामी आर्थिक वर्षमा समेत सडक सञ्जाल कार्यक्रमलाई निरन्तरता दिने नीति छ ।  

मेयर जिसीले पोखरा( १८ मा राष्ट्रिय विभूति तथा पार्कसहित खुल्ला व्यायमशाला निर्माण गरिएको छ । अन्य २ वटा वडामा पार्कसहित खुल्ला व्यायामशाला निर्माण गर्नुका साथै १७ वटा वडामा खुल्ला व्यायामशाला निर्माण गरिएको छ । लेक टु लेक, केभ टु केभ जोड्ने सडकको स्तरोन्नति गरिएको छ, फेवातालदेखि बेगनासताल सम्म सिधा बस सेवा सञ्चालन गरिएको छ । पोखरा सभागृह मर्मत सम्भार कार्य अगाडि बढाइएको छ ।

पोखरा २१ मा र ३३ सहलगानी खानेपानी आयोजना अगाडि बढाइएको छ । बेगनास सहलगानी खानेपानी आयोजना, लामागाउँ खानेपानी आयोजना अगाडि बढाइएको छ । पोखरा महानगरपालिको बजार क्षेत्रमा प्रत्येक घर घरमा शुद्ध पानी वितरण गर्ने उद्देश्यका साथ संचालित ७ अर्ब रुपैयाको जाईका मार्फत खानेपानी परियोजनाको काम अगाडि बढाइएको छ । महानगर भित्र ६ हजार ३ सय घरधुरीमा खानेपानीको समस्या रहेकाले आर्थिक वर्ष ७७/७८ मा महानगर भित्रका सम्पूर्ण घरहरुमा १ घर एक धाराको व्यवस्था गरी पूर्ण खानेपानीको सुविधायुक्त सहर घोषणा गरिने लक्ष्य राखिएको छ ।  

फेवाताल संरक्षणका लागि प्रदेश सरकारसँगको सहकार्यमा सिल्टेसन ड्याम निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अँधेरी खोला सिल्टेसन ड्याम, घाटीछिना सिल्टेसन ड्याम र बेतेनी खोला सिल्टेसन ड्यामको निर्माण कार्य सकिएको छ । लौरुक सिल्टेसन ड्याम निर्माणाधीन अवस्थामा छ । यी ड्यामहरुले फेवाताल संरक्षणमा महत्वपूर्ण योगदान दिने महानगरपालिकाले विश्वास लिएको छ ।

प्रकाशित: १० असार २०७७ ०७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App