१५ मंसिर २०८१ शनिबार
image/svg+xml

‘एक वडा एक महिला कृषि सहकारी’ स्थापनामा नगरपालिका

‘एक वडा एक महिला कृषि सहकारी’ स्थापनाको काम सुरु गरेको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि सहकारीमा आवद्ध महिलाका लागि सहकारी व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ ।

महानगर मेट्रोमा रेडियो कक्षा

काठमाडौं महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । लकडाउनका बेला वैकल्पिक माध्ययमबाट पठनपाठन गराई सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले महानगरपालिकाले मेट्रो एफएममार्फत बुधबारबाट एकदेखि १० कक्षासम्मको रेडियो शिक्षा सुरु गरेको हो ।

सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण

सन्धिखर्कका जनप्रतिनिधिमा पनि कोरोना संक्रमण देखा परेको छ । सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीले जनाएको छ ।

व्यवसायीलाई चार महिनाको भाडा छुट दिने नगरपालिकाको निर्णय (अपडेट)

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनको मारमा परेका विभिन्न व्यवसायीलाई चार महिनाको शुल्क तथा भाडा छुट गर्ने निर्णय गरेको छ ।

मेयरको आफ्नै खर्चमा राहत

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले १ हजार ४ सय ७१ परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। कोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउनका कारण प्रभावित विपन्न परिवारलाई मेयर नेपालीले आफ्नै खर्चमा राहत उपलब्ध गराएका हुन्।

भेरी नगरपालिकाद्वारा लकडाउन पीडितलाई खाद्य सहयोग

जिल्लाको भेरी नगरपालिकाले लकडाउनको ४५ औ दिनदेखि विपन्न परिवारहरुलाई विभिन्न खाद्य सामग्रीहरु वितरण गर्न सुरु गरेको छ । पहिलो चरणमा १५ दिनको प्याकेज बनाएर नगरपालिकाले शुक्रबारदेखि वडा नम्वर १, ५ र ६ का विपन्न सर्वसाधारणहरुलाई चामल, दाल, नुन, तेल लगाएतका सामग्रीहरु वितरण सुरु गरेको हो ।

व्यापारीसँग कोठा भाडा नलिन घरधनीलाई आग्रह

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिकाले चैतदेखि असारसम्मको घरबहाल कर नलिने निर्णय गरेको छ । नगरपालिकाले कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण चैत ११ देखि सुरु लकडाउन जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णयसँगै व्यापारी व्यवसायीलाई राहतस्वरुप ४ महिनाको घरबहाल कर नलिने निर्णय गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

नगरपालिकालाई काँग्रेसको राहत

कोरोना नियन्त्रणका लागि भैरहेको लकडाउनका कारण विपन्न परिवारमा परेको समस्यालाई  मध्यनजर गर्दै विभिन्न संघसंस्थाहरुले टीकापुर नगरपालिकालाई खाद्यान्न सहयोग गरेका छन्। नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ प्रदेश समिति ख र टीकापुर नगर समितिले २ लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ।

राहतसँगै सामाजिक सुरक्षाभत्ता घरघरमै पुगेर वितरण गर्दै

लकडाउनको मारमा परेका आफ्ना नागरिकलाई सिरहाको सुखीपुर नगरपालिकाले राहतसँगै सामाजिक सुरक्षाभत्ता घरघरमै पुगेर वितरण गर्न शुरु गरेको छ।

कृषकको दूध त्रियुगा नगरपालिकाले किन्ने

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा त्रियुगा नगरपालिकाले दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन शुरुआत  गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्