२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

४४ हजारलाई महानगरको राहत

काठमाडौं, – काठमाडौं महानगरपालिकाले लकडाउन सुरु भएयता ४४ हजार पाँच सय १३ परिवारलाई राहत वितरण गरेको छ । महानगपालिकाभित्र बसोबास गर्ने असहाय, अतिविपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिको पहिचान गरी ३२ वटै वडामा राहत वितरण गरेको हो । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले पहिलो चरणमा ३२ वटै वडामा ४४ हजार पाँच सय १३  परिवारलाई राहत विवरण गरेको बताए । 

लकडाउन लम्बिएसँगै फेरि राहत माग्दै वडामा निवेदन आउने क्रम जारी छ । महानगरले फेरि आवश्यक तयारी गरेर राहत वितरण गर्ने उनले बताए । महानगरले पहिलो चरणको राहत वितरणको लागि ठूला वडा कार्यालयलाई आठ लाख, मझौलालाई ६ लाख र साना वडा कार्यालयलाई चार लाखको दरले राहत उपलब्ध गराउन रकम दिएको थियो।

प्रकाशित: ५ वैशाख २०७७ ०४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App