१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

होम क्वारेन्टाइनमा बस्नेलाई चामल

खोटाङ, – हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा होम क्वारेन्टाइनमा बस्नेलाई चामल उपलब्ध गराइएको छ । विदेश तथा जिल्लाभन्दा बाहिरबाट घर आएपछि होम क्वारेन्टाइनमा राखिएका स्थानीयलाई वडा कार्यालयले १३ दिन पुग्ने चामल प्रदान गरेको हो । १४ दिनसम्म होम क्वारेन्टाइनबाट बाहिर ननिस्कन प्रोत्साहित गर्न उनीहरूलाई जनही सात केजीका दरले चामल उपलब्ध गराइएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए । 

बाहुनीडाँडामा मात्र १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने कबुलियतनामा गरेर घर आएका एक सय १३ जना छन् । काठमाडौं उपत्यकामा बसिरहेको अवस्थामा ‘लकडाउन’का कारण समस्यामा परेका एक हजार दुई सय ६७ स्थानीयलाई हलेसी तुवाचुङ नगरपालिकाले वैसाख ११ र १२ गते २५ वटा बसमार्फत गाउँमा ल्याएको थियो । त्यसअघि आफै गाउँ आएकालाई भने वडाले २१ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने सर्तमा २० दिन पुग्ने चामल दिएको थियो । 

प्रकाशित: २२ वैशाख २०७७ ०२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App