१५ मंसिर २०८१ शनिबार
image/svg+xml

दैनिक उपभोग्य बस्तुका पसल खोल्ने नगरपालिकाको निर्णय

लकडाउनको समयमा नागरिकलाई दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन यहाँको एक नगरपालिकाले सातामा एक दिन किराना पसलहरु खुला गर्ने निर्णय गरेको छ। लकडाउनको १७ औ दिन पुग्दा हिमाली जिल्ला डोल्पामा दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन थालेपछि दैनिक उपभोग्य बस्तुहरुका पसलहरु खुला गर्ने निर्णय त्रिपुरासुन्दरी नगरपालिकाले गरेको हो।

कोरोना शंकास्पद र बिरामीको सबैै उपचार खर्च नगरपालिकाले बेहोर्ने

विश्वब्यापी रुपमा फैलदै गएको कोरोना भाइरसको महामारीको जोखिमलाई कम गर्न नेपाल सरकारले देशभर लकडाउन गरेको छ। लकडाउनको अवधिमा घरबाहिर नजान र घरमै बसेर सचेत बन्न स्थानीय सरकारहरुले पनि आव्हान गरिरहेका छन्। यसैक्रममा धादिङको नीलकण्ठ नगरपालिकाले कोरोना भाइरसबाट आफ्नो नगरभित्रका कोही व्यक्ति संक्रमित भएको पाइएमा सम्पूर्ण उपचार खर्च बेहोर्ने बताएको छ।

दैनिक तीन घण्टा तरकारी हटिया सञ्चालन

लकडाउनका समयमा सप्तरीको राजविराज नगरपालिकाले राजरङ्गशालामा आजदेखि खुला तरकारी हटिया सञ्चालन गर्दैछ।

चिकित्सक र सुरक्षाकर्मीलाई नगरपालिकाले बाड्यो ३० सेट पीपीई

कोरोना भाइरस रोकथामका लागि यहाँको कमलामाई नगरपालिकाले ३० ओटा पीपीई सेट वितरण गरेको छ। कोरोना संक्रमणका सम्भावित बिरामीलाई सेवा दिनका लागि चिकित्सक तथा अन्य सरोकारवाला निकायलाई आवश्यक पर्ने पीपीई(पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) मास्क, सेनिटाइजर र डिस इनफेक्टिङ लिक्विड विरतण गरेको कमलामाई नगरपालिकाले जनाएको छ।

काठमाडौँ महानगरपालिकाले छर्किन थाल्यो कीटनासक औषधी

काठमाडौं महानगरपालिकाले नोबेल कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नको लागि महानगरका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधी छर्कन थालेको छ।

गढीमाई नगरपालिकाले यात्रीलाई बाँड्यो मास्क

विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारीको रूपमा फैलिरहेको अवस्थामा जिल्लाबासीलाई सचेत गराउन गढीमाई नगरपालिकाले मास्क वितरण गर्दै हात धुन सिकाएको छ। नगरभित्रका विभिन्न चोक तथा गरूडा नगरपालिकाको मुख्य चोकमा गढीमाई नपाले हजारौँ मास्क वितरण गर्नुका साथै  स्यानेटाइजरले हात धुन पनि सिकाएको हो।

त्रिवेणी नगरपालिका साक्षर नगर घोषणा

त्रिवेणी नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ। नगरमा बस्ने ९७.६ प्रतिशत जनता साक्षर भएसँगै नगरपालिकालाई साक्षर घोषणा गरिएको हो। नगर प्रमुख रामसिंह रावलले प्रतिवद्धता पत्र वाचन गरि नगरलाई औपचारिक रुपमा साक्षर घोषणा गरेका हुन्।

छ अस्पतालमा ‘आइसोलेशन वार्ड’ स्थापना गर्न निर्देशन

भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका छ अस्पताललाई ‘आइसोलेशन वार्ड’ स्थापना गर्न आग्रह गरेको छ।

गोठ/खोर सुधारमा आधारित अनुदान कार्यविधि स्वीकृत

व्यावसायिक कृषकलाई उत्पादनमुखी बनाउने, निर्वाहमुखी पशुपालनलाई व्यावसायिक बनाउने र व्यावसायिक कृषकलाई व्यवसायको भार कम गर्ने उद्देश्यसहित विदुर नगरपालिकाले गोठ/खोर सुधारमा आधारित अनुदान कार्यविधि स्वीकृत गरेको छ।

जनसंख्याबारे बेखबर उपमहानगरपालिका

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकासँग नगर क्षेत्रका घरको संख्या, किसिम मात्रै होइन उपमहानरभित्र बसोवास गर्नेको पनि यकिन विवरण छैन।

उपप्रमुखले हालिन् नगरप्रमुख र नगरपालिकाविरुद्ध मुद्दा

छायाँनाथ रारा नगरपालीकाका उपप्रमुख सुन्तला रोकायाले नगरपालीकाबाट आफ्नो अधिकार खोसिएको भन्दै उच्च अदालत सुर्खेत इजालास जुम्लामा मुद्दा दर्ता गराएकी छन्। गएको माघ १८ गते उच्च अदालत सुर्खेत इजालास जुम्लामा उपप्रमुखको अधिकार नगरपालीकाले खोसेको भन्दै मुद्दा दर्ता गराएकी हुन्।

सडक आउने पक्का भएपछि रंगवासी दंग

त्रिपुरासुन्दरी नगरपालिका–४ रंगगाउँका स्थानीयको वर्षौंदेखिको गाउँमा मोटरबाटो पु-याउने सपना पूरा हुने भएको छ।

१५ दिनभित्र व्यवसाय दर्ता गर्न निर्देशन

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हलेसी बजारका व्यवसायीलाई व्यवसाय दर्ताका लागि समय सीमा दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्