१५ मंसिर २०८१ शनिबार
image/svg+xml

कार्यबहाक प्रधानमन्त्री पोखरेलद्वारा नगरपालिकाको भवन उद्घाटन

कार्यबहाक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार एक कार्यक्रमकाबीच निजगढ नगरपालिकको नव निर्मित भवनको उद्घाटन गरेका छन्। संघिय सरकारको एक करोड र निजगढ नगरपालिकाको आन्तरिक स्रोतबाट तीन करोड गरेर लगभग चार करोडको लागतमा काठमाडौको प्रतिष्ठा कन्स्ट्रशनले भवन निर्माण गरेको निजगढ नगरपालिका प्रमुख सुरेशकुमार खनालले बताएका छन्।

रुघाखोकी र ज्वरोले सिंगो गाउँ थलियो

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ को करेलीकाँडामा रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको छ। उक्त समस्याले एक सातादेखि ८० जना बिरामी ओछ्यानमै थला परेको बताइएको छ।

कर्मचारी र वडाध्यक्ष नेतृत्वविरुद्ध

आज एउटा शाखामा काम गरिरहेको कर्मचारी भोलि अर्को शाखामा पुग्छ। प्रशासकीय अधिकृतले जसरी चाह्यो त्यसैगरी कर्मचारीहरू नाच्नुपर्ने अवस्था सिर्जना भएको छ।

आयोजक भक्तपुर नगरपालिकाको बर्चस्व कायमै

भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत आइतबार भएको ४१०० मि. रिले महिला फाइनल गेमतर्फ भक्तपुर नपाका प्रकृति सुवाल, स्वागत्ता खाइजु, श्रयस्का शिल्पकार र कसिस गोठे प्रथम भएका छन्।

‘रक गार्डेन’ बनाउँदै नगरपालिका

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कडा चट्टान नै चट्टानले ढाकिएको ककनी डाँडालाई ‘रक गार्डेन’कारुपमा विकास गर्ने तयारी थालेको छ। त्रि–धार्मिकस्थल हलेसी नजिकै रहेको ककनी डाँडालाई पर्यटकीय क्षेत्रकारुपमा विकास गर्नका लागि नगरपालिकाले ढुंगे बगैँचाकारुपमा विकास गर्ने तयारी थालेको हो।

जुवा खेल्दै गरेका प्रधानाध्यापकसहित आठ पक्राउ

सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

महानगरपालिकाका सबै विद्यालयमा ‘सेनेटरी प्याड मेशिन’

छात्राहरुले माध्यमिक तहमा एक्कासी अध्ययनलाई बिराम दिँदै पढाई छाड्ने गरेको बिभिन्न अध्ययनले देखाउदै आएको छ। वीरगन्ज महानगरपालिकाले यसको समाधान निकाल्न छात्राहरुको एउटा बिशेष समस्यालाई समाधान स्वरुप कक्षा ६ माथि कक्षा १२ सम्म सञ्चालन हुने सबै विद्यालयहरुमा ‘सेनेटरी प्याड’ निस्किने मेशिन लगाउन सुरु गरेको छ।

प्रमुख/उपप्रमुखबीच दुई वर्षदेखि बोलचाल बन्द, काम अस्तव्यस्त

जुम्लाको चन्दननाथ नगरपालिकामा प्रमुख/उपप्रमुखबीचको विवाद चुलिएको छ। उनीहरु एकापसमा दोषारोपण गरिरहेका छन्। विकासमा अनियमितता गरेको आरोप उपप्रमुख अप्सरादेवी न्यौपानेको छ। तर नगरप्रमुख कान्तिका सेजुवालले नगरपालिकाभित्र अनियमितता भए नभएको बारेमा कर्मचारीसंग बुझ्दा स्पष्ट हुने बताउँछिन्। नगरप्रमुख/उपप्रमुखले छुट्टाछुट्टै पत्रकार सम्मेलनको आयोजना गरे।

पोखरी अतिक्रमण रोक्न तिलोत्तमालाई पुरातत्वको पत्र

पोखरीकै जग्गा हडपेर डिलमा बसेका नेताको साथ लागेर नगरपालिकाले माथि भवन र तल पानी जमाउने थलोका रूपमा यसलाई प्रयोग गर्न थालेको हो, जसलाई नगरप्रमुख वासुदेव घिमिरेले देशमै पहिलो र नमुना कार्य भनेर अर्थ्याएका छन्।

सूर्योदयको उदाहरणीय पहल

नगर नीतिको स्रोत नागरिक गुनासो, टोलटोल पुग्दा सर्वसाधारणले राखेको गुनासो सूर्याेदय नगरका जनप्रतिनिधिलाई हरेक वर्ष नयाँ नीति तथा कार्यक्रम ल्याउने स्रोत बनिरहेको छ।

अतिक्रमित सडकपेटी खाली गराइँदै

कलैया उपमहानगरपालिकाले सोमबारदेखि कलैया बजार क्षेत्रको अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ।

उद्योग मन्त्रीसामु उखु किसानको गुनासो

वर्षौंदेखि उखुको भुक्तानी नपाएका कारण आफूहरु दयनीय अवस्थामा पुगेको भन्दै उखु किसानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग किसानले गुनासो गरेका छन्।

वडा सदस्यहरूले मागे ६० प्रतिशत बजेट

ज्ञापनपत्रमा वडासदस्यहरूले अतिथि सत्कारका लागि मासिक २० हजार रुपैयाँ नगद पाउनुपर्ने मागसमेत राखेका छन्। त्यसैगरी हरेक वडा सदस्यलाई मोटरसाइकल र मासिक २० लिटर पेट्रोल उपलब्ध गराउनुपर्ने माग पनि गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्