कम्युनिस्टको कहाली लाग्दो शासनबाट मुलुकले मुक्ति पाउँदैछ : महामन्त्री खड्का
महामन्त्री खड्काले दुई तिहाईको अहंकारका कारण अर्काको नाम जवर्जस्ती खोसेर आफ्नो बनाएको नेकपालाई सर्वोच्च अदालतले दुई चिरा पारिदिएको बताए ।
महामन्त्री खड्काले दुई तिहाईको अहंकारका कारण अर्काको नाम जवर्जस्ती खोसेर आफ्नो बनाएको नेकपालाई सर्वोच्च अदालतले दुई चिरा पारिदिएको बताए ।
राजनीति सत्ताकै लागि हो । देश र जनताका लागि भलाई र सेवा गर्ने कामका लागि सत्तामा जाने हो । मौका र जिम्मेवारी आउँदा अगाडी नबढ्ने भन्ने कुरा रहेन। कम्युनिष्टको नेतृत्वमा सत्ता सञ्चालनमा समस्या देखियो अब हामी नेतृत्व गर्छौं भनिरहेका छौं ।
नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले विघटन भएको छ । नेकपाभित्र आन्तरिक विवाद तीव्र बनेका बेला सर्वोच्चले नाममा रहेको विवाद अन्त्य गरेसँगै पुरानै दुई दल एमाले र माओवादी केन्द्र सक्रिय भएका छन् । त्यससँगै बढ्दै गएको सत्ता संकटमा जनता समाजवादी पार्टी केन्द्रमा आइपुगेको छ ।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुबीचको छलफल बिना निष्कर्ष सकिएको छ। शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा जसपाका नेताहरुले कांग्रेस र जसपा एक ठाउँमा हुनुपर्ने बताएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
नेपाली कांग्रेस र जनता समाजवादी (पार्टी) नेपालका शीर्ष नेताहरुबीच भेटावार्ता हुँदैछ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अपराह्न ४ बने हुने भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए।
नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कांग्रेसले देश विकासको लागि दक्ष जनशक्ति उत्पादनको एजेण्डा अघि सार्ने बताएका छन्।
तेह्रौं महाधिवेशनअन्तर्गत २०७२ फागुन २५ गते भएको दोस्रो निर्वाचनबाट शेरबहादुर देउवा नेपाली कांग्रेसको मूल नेतृत्वमा पुगे। सभापतिमा निर्वाचित भएपछि देउवाले भनेका थिए, ‘पार्टीभित्र बृहत् एकता कायम गर्दै विधान अक्षरशः कार्यान्वयनसहित नेता, कार्यकर्ता, शुभेच्छुकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील कांग्रेस निर्माणमा लगाउनेछु।’ गुटबन्दीले थिलथिलो कांग्रेसमा देउवाको भनाइले ऊर्जा दिएको थियो तर विधानले दिएको चार वर्षसहित पाँचवर्षे कार्यकाल सकिँदा पनि पार्टीभित्र बृहत् एकता होइन, आन्तरिक किचलो झन् बढेको छ।
डा.कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्ने बताउँदै त्यसैअनुरूप तयारी गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन समेत दिए। उनले पर्ख र हेरको अवस्थामा वर्तमान परिस्थिति नभएको हुँदा कांग्रेसले देशलाई निकास दिन केही महत्वपूर्ण निर्णय तत्काल लिने धारणा व्यक्त गरे।
नेकपाको फुटले कांग्रेसलाई फाइदा हुने विश्लेषण नेतृत्वमाझ अहिले चर्चाको विषय बनेको छ । नेकपालाई हेर्ने दृष्टिकोणमा समेत सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच खण्डित विचार आउनु न कांग्रेसका लागि फाइदा हुने कुरा हो न त राष्ट्र र लोकतन्त्रका लागि नै ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्रीका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमार्फत हिन्दू धर्मावलम्बीबाट अति श्रद्धाका साथ शिवको आराधना गरेर मनाइने “महाशिवरात्री” महत्वपूर्ण र पवित्र पर्व भएको जनाउँदै यस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको बताएका छन्।
लुम्बिनी प्रदेशमा प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पछिल्लो राजनीतिक फेरवदलको अवस्थामा अन्य दलसंग बार्ताकालागि कार्यदल गठन गरेको छ । सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक फेरबदललाइ मध्यनजर गर्दै काँग्रेसले वार्ताकालागि कार्यदल बनाएको हो । लुम्बिनी प्रदेशको प्रदेशसभा काँग्रेस संसदिय दलका नेता वीरेन्द्रकुमार कनोडीयाले तीन सदस्यीय कार्यदल गठन गरेका हुन ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार गरिएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘शनिबार बिहानदेखि श्वासप्रश्वास र मुटुको चालमा गडबडी भएपछि अस्पतालले पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखेको छ।
गंगुबाई १९६० को दशकमा मुम्बईको 'रेड-लाइट एरिया कमाठीपुरा' की सबैभन्दा शक्तिशाली र सम्मानित ‘माफिया क्वीन’ हुन्। बजेट सत्रको अवधिमा बोल्दै पटेलले भनेका छन्, कमाठीपुरा क्षेत्र एकदम परिवर्तन भएको छ। पटेल दक्षिण मुम्बईको मुम्बादेवी क्षेत्रबाट नेता छन्।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन्। सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले अब महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताएका हुन्।
नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले रुपन्देहीको मोतिपुर क्षेत्रका जनतालाई दमन गरेर अर्थमन्त्रीले औधोगिक क्षेत्रको शिलान्यास गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । जबरजस्ती डर धम्की देखाएर गरीएको विकासको औचित्य नरहेको भन्दै नेता खाँणले गम्भीर बन्न सरकारलाई आग्रह गरेका हुन् ।