१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

'गंगुबाई काठियावाडी' विवादमा, महाराष्ट्र कांग्रेसका नेताद्वारा चलचित्रको नाम बदल्न माग

भारतको महाराष्ट्रस्थित कांग्रेसका नेता अमीन पटेलले सोमबार संजय लीला भन्सालीको आगामी फिल्म 'गंगुबाई काठियावाडी' को नाम बदल्न माग गरेका छन्। यो चलचित्रले अहिलेको काठियावाड शहरको छवि बिग्रने दाबी गर्दै उनले चलचित्रको नाम तत्काल बदल्न माग गरेका हुन्।  

चलचित्रमा आलिया भट्ट मुख्य भूमिकामा रहेकी छिन। हालसालै चलचित्रको टीजर संजय लीला भन्सालीको जन्मदिनमा रिलीज गरिएको थियो। जसमा आलियाको 'गंगूबाई काठियावाडी'को अवतार धेरैले मन पराएका छन्।

गंगुबाई १९६० को दशकमा मुम्बईको  'रेड-लाइट एरिया कमाठीपुरा' की सबैभन्दा शक्तिशाली र सम्मानित ‘माफिया क्वीन’ हुन्। बजेट सत्रको अवधिमा बोल्दै पटेलले भनेका छन्, 'कमाठीपुरा क्षेत्र एकदम परिवर्तन भएको छ। पटेल दक्षिण मुम्बईको मुम्बादेवी क्षेत्रबाट नेता छन्।'

पटेलले सभामा भने, 'यो (काठियावाड) १९५० को दशक जस्तो अहिले छैन। त्यहाँ महिलाहरू विभिन्न पेशामा अगाडि बढिरहेका छन्। यस चलचित्रको नामले काठियावाड शहरको छवि पनि बिगार्नेछ।' चलचित्रको नाम परिवर्तन गर्नुपर्दछ।' उनले राज्य सरकारलाई यसमा हस्तक्षेप गर्न आग्रह गरेका छन्। फिल्म ३० जुलाईमा प्रदर्शनमा आउने जनाइएको छ।

मुम्बईको फिल्मसिटीमा चलचित्रको छायांकन जारी छ। हुसैन जैदीको पुस्तक 'माफिया क्वीन्स ऑफ मुंबई' मा आधारित यो चलचित्र डन गंगुबाईको कथा देखाउने छ। गंगुबाई ६० को दशकमा मुम्बई माफियाको एक ठूलो नाम थियो। भनिन्छ उनलाई उनको श्रीमानले मात्र पाँच सय रुपैयाँको लागि बेचेका थिए। त्यस बेलादेखि उनी वेश्यावृत्तिमा संलग्न भइन्। यस समयमा उनले मजदुर केटीहरूको लागि धेरै काम गरिन्।

प्रकाशित: २५ फाल्गुन २०७७ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App